बाँकेमा बस दुर्घटना, तिन जनाकाे मृत्यु १२ घाइते

असोज २४, नेपालगञ्ज । बाँकेमा बस दुर्घटना हुँदा तिन जनाकाे मृत्यु भएकाे छ । बाँकेकाे राप्तीसोनारी गाउँपालिका-१ लौकी खोलामा बस दुर्घटना भएकाे हाे ।

काठमाडौँबाट धनगढी तर्फ जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको यात्रुबहाक बस दाङ भन्दा केही दूरी अगाडी पुगेपछि सडकबाट १५ मिटर तल खोलामा खसेको थियाे । दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरूको कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिए ।

दुर्घटनामा मृत्यु भएकाहरु र घाइते भएकाहरुको नाम, ठेगना खुल्न सकेको छैन । दुर्घटनास्थल नेपालगञ्जबाट करिब १०० किलोमिट दाङतर्फ पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *