कुकुरले जिब्रो लपलप्याउँदा बन्यो विश्व किर्तिमान

एजेन्सी । सोसल मिडियामा अहिले एउटा कुकुर आफ्नो जिब्रोका कारण चर्चामा छ । चर्चामा पनि नहोस् किन ? आखिर विश्वकै लामो जिब्रो भएको कुकुर न पर्‍यो ।

मानिसले लामो जिब्रोका कारण किर्तिमान कायम गरेको त सुनिएकै हो । तर मोची मो नामक कुकुरले पनि आफ्नो जिब्रोका कारण गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा दर्ज भएको छ । मोचीको यो क्षमता गिनिज बुक अफ वर्ल्ड रेकर्डस् अमेजिंग एनिमल बुकमा सामेल भएको छ ।


अमेरिकाको साउथ डकोटामा बस्ने ८ वर्षको मोची मो रिकर्ट नामक कुकुरको जिब्रोको लम्बाई ७.३१ इन्च छ । यो सेन्ट बर्नाड नश्लको कुकुर हो ।

यो कुकुरकी मालिकनी कार्लाका अनुसार मोचीको त्यति लामो जिब्रो उनलाई अझैपनि पत्यार लाग्दैन । मोची निकै शान्त स्वभावको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *