एन आई सी एसियाका प्रमुख कार्यकारी अधिकृतमा ढुंगेल नियुक्त

असाेज २३, काठमाडाैं । एन आई सी एसिया क्यापिटल लिमिटेडको ३९ औ सञ्चालक समितिको बैठकको निर्णय अनुसार एन आई सी एसिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा झनकराज ढुंगेललार्इ नियुक्त गरिएको छ ।

ढुंगेल विगत २३ वर्षदेखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत रहदै आएका छन् । यस अघि ढुंगेल अरनिको विकास बैङ्कमा प्रमुख कार्यकारी अधिकृतको रूपमा आबद्ध थिए । ढुंगेलले एन आई सी एसिया बैङ्कको मातहतमा प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालको स्थानमा कार्यभार समाल्ने छन् ।

बैकले सेवाग्राहीको सहजतालाई शिरोपर गर्दै उच्चतम प्रविधि तथा उत्कृष्ट जनशक्तिको सहायताबाट गुणस्तरीय ग्राहकमुखि सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *