काठ तस्करद्वारा जङ्गलमै चिरान सञ्चालन

असाेज २३, चन्द्रनिगाहपुर । जिल्ला वन कार्यालय रौतहटका कर्मचारीको नियमित गस्ति प्रभावकारी नभएपछि काठ चोरले जङ्गलमै चिरान सञ्चालन गरेर काठ चोरी तस्करी गर्नै गरेकाे फेला परेकाे छ । गैडाटार इलाका वन कार्यालय अन्र्तगतको राजमार्ग भन्दा एक किलोमिटर भित्र काँचो सालको रुख काटेर जङ्गलमै चिरान गरेर बेच्ने गरेकाे पाइएकाे हाे ।

जङ्गलमा घास दाउरा लिन गएका स्थानीय बासिन्दाका अनुसार लमाहा खोला भन्दा केही पर मास्तीर जाने बाटोको खोला भन्दा केही माथि काँचा सालका रुख काटेर जङ्गलमै चिरेर लाने गरिएको छ । यो क्रम केही दिन पहिलादेखि जारी रहेको एक स्थानीयले बताए । वनमा गस्ति गर्नुपर्ने कर्मचारीकै मिलेमतोमा जङ्गलमै चिरान सञ्चालन भएको स्थानीय बासिन्दाको भनाई रहेको छ । यसभन्दा पहिला समेत विभिन्न समयमा रौतहटको वन भित्रै काचा सालका रुख काटेर जङ्गलमै चिरान गरेर लाने गरिएको थियो । पछिल्लो समय फेरी जङ्गलमै काँचासालका रुख काटेर जङ्गलमै चिरान गरेर बिक्री वितरण गर्ने गिरोहनै सक्रिय रहेको पाइन्छ ।

सो विषयमा गैडाटार इलाका वन कार्यालयका प्रमुख सहायक वन अधिकृत अरुण कर्णसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् । गैडाटार इलाका वन कार्यालयको क्षेत्रभित्र पर्ने वनमा मात्र नभएर जिल्लाका विभिन्न स्थानका वनमा स्थानीय तहको निर्वाचन र दसैँको बेलामा व्यापक रूपमा काठ चोरी तस्करी भएको स्थानीय बासिन्दाले बताएका छन् ।

इलाका वन कार्यालय चन्द्रनिगाहपुरको वन क्षेत्रमा समेत पछिल्लो समय व्यापक रूपमा चोरी तस्करी भएको गाउलेहरुले जानकारी दिएका छन् । मासिदै गएको रौतहटको वन जोगाउने ठेक्का पाएका कर्मचारीकै संलग्नतामा काठ चोरी तस्करी हुने गरेको स्थानीय बासिन्दाको भनाई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *