धरानलाई १ नंं. प्रदेशकाे राजधानी बनाउन ज्ञापनपत्र

असाेज २२, काठमाडाैं । सुनसरीको धरानलाई प्रदेश १ को राजधानी कायम गर्न माग गर्दै आइतवार राजधानी काठमाण्डौमा सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेत लाई ज्ञापनपत्र बुझाईएको छ । माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य मुक्सामहाङ मेन्याङबो (मुकेश)को नेतृत्वमा धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ सहित धरानका विभिन्न बुद्धिजिवीहरुको प्रतिनिधि मण्डलले अधिकार सम्पन्न संघीय प्रशासनिक पुन संरचना समितीको अध्यक्ष मन्त्री बस्नेतलाई सिंहदरबारमा भेट गरी ज्ञापनपत्र बुझाएका हुन् ।

धरान प्रदेश १ को राजधानी कायम गराउन औपचारिक रुपमा सरकारद्वारा  गठिन अधिकार सम्पन्न संघीय प्रशासनिक पुन संरचना समितिमा लिखित दाबी गर्ने पहिलो शहर पनि भएको छ । अहिले सम्म कुनैपनि शहरले राजधानीको लागि आवश्यक पूर्वाधारका विवरण सहित पुर्नसंरचना समितिमा लिखित दाबी पेश गरेका छैनन् । यस अर्थमा धरान प्रदेशको राजधानी दावि गर्ने पहिलो शहर भएको हो ।

ज्ञापनपत्रमा धरान प्रदेशको राजधानी बनाउँदा सवैलाई पायक पर्ने, धरानको विजयपुर ४ सयवर्ष अगाडी देखी राजधानी रहेको तथा पन्चायतकालमा समेत अन्चल सदरमुकाम रहेको कारण प्रदेशको राजधानी बनाउनु पर्ने उल्लेख बताईएको छ ।

ज्ञापनपत्रमा संघीय तथा प्रादेशिक प्रशासन सम्बन्धी पुनर्संरचना गर्दै प्रदेश १ को प्रशासनिक केन्द्र (राजधानी) समेत यसै समितिले निर्धारण गरी सिफारिस गर्ने भएकोले १ नम्बर प्रदेशका सवै नागरिकहरुलाई पायक पर्ने पूर्वाञ्चलको ऐतिहासिक, धार्मिक पर्यटकीय नगरी धरानलाई राजधानीको लागी सिफारिस गर्न माग गरिएको छ । ‘धरान भौगोलिक, सामाजिक, आर्थिक, प्राकृतिक र सांस्कृतिक रुपमा पनि १ नंं प्रदेशको राजधानी बनाउन उपर्युक्त भएकोले समिति समक्ष दावि गरिएको हो ।’ माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य मुक्सामहाङ मेन्याङबो (मुकेश)ले भने ।

धरान पूर्वाञ्चलकै ऐतिहासिक नगर भएको र इतिहासको धरोहर विजयपुर राज्यको काखमा अवस्थित धरान सबै कोणबाट प्रदेशको राजधानी बनाउन उपयुक्त हुने दावि गरिएको छ । ऐतिहासिक कालखण्डको राज्यको राजधानी, विगत पञ्चायतकालमा कोशीअञ्चलको सदरमुकाम र वेलायती सेनाको भर्ति केन्द्रको स्थापनाले पनि यो नगर पूर्वाञ्चलको महत्वपूर्ण प्रशासनिक इकाइको रुपमा रहेको जिकिर गरिएको छ ।

धरान सुरक्षाका दृष्टिकाेणले पनि १ नं. प्रदेशका लागि उपर्युक्त स्थान भएको दावि गरिएको छ । विराटनगर, इटहरी विर्तामोड, दमक, धनकुटा जस्ता शहरले पनि प्रदेशको राजधानीको दावि गर्दै आएपनि ती शहरहरु भौगोलिक दृष्टिकोणले अनुपयुक्त रहेकाे छ । प्रदेश नं. १ मा ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ र सुनसरी रहेका छन्। ‘यी जिल्लाहरुको सबै भन्दा पायक पर्ने स्थान भनेको सुनसरीका धरान नै हो ।’ ज्ञापनपत्र बुझाउन गएका एक सदस्यले बताए ।

प्रादेशिक राजधानी बनाउने जस्तो सम्बेदनशिल विषयमा गम्भीर अध्ययन अनुसन्धान गरी प्रशासनिक सुगमता, भौतिक पूर्वाधार, जनसाधारणको पहुच र समान क्षेत्रीय विकास आदिलार्इ ध्यान दिर्इ धरानलार्इ प्रदेशको राजधानी तोक्न भनिएको छ । ज्ञापनपत्र बुझदै मन्त्री बस्नतेले धरानलाई प्रदेशको राजधानी बनाउन औपचारिक माग भई आएकोले यसलाई औपचारिक छलफलमा लैजाने बताएको संयोजक मुक्साम हाङ मेन्याङबोले जानकारी दिए ।

अहिले धरानलाई शिक्षा, स्वास्थ्य र पर्यटकीय शहरका रुपमा लिने गरिन्छ । स्वास्थ्य शिक्षाका लागि धरानमा धरानमा दक्षिण एसियाकै उत्कृष्ट मानिएकाे वीपी काेर्इराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेकाे छ । उच्च शिक्षाका लागि नेपालकै एकमात्र खाद्य प्रविधी क्याम्पस, (हात्तिसार क्याम्पस), इन्जिनियरिङ विषयका लागि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस सँगै निजी क्षेत्रबाट दजर्नाैं कलेज, विद्यालय सञ्चालनमा छन् । पर्यटकीय हिसाबले धरानलार्इ इलाम पछिकाे सुन्दर नगरका रूपमा लिइन्छ । धनकुटाकाे भेडेटार धरान हुँदै जान पाइन्छ । त्याे भन्दा पनि धरानलार्इ धार्मिक पर्यटकीय शहर पनि भनिन्छ । यहाँ दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर जस्ता एेतिहासिक मन्दिर रहेका छन् । पिण्डेश्वर मन्दिरमा हरेक वर्ष साउने साेमबार  बाेलबम धार्मिक मेला लाग्ने गर्दछ । उक्त मेलामा सप्तकाेशीबाट जल ल्याएर पिण्डेश्वरमा चढाउनका लागि नेपाल, भारत र भुटानबाट समेत धार्मिक पर्यटक अाउने गरेका छन् ।

धरानलार्इ वातावरणीय हिसाबले पनि साथ दिएकाे छ । गर्मीमा प्रचण्ड गर्मी नहुने, जाडोमा अत्याधिक जाडो समेत नहुने धरानको विशेषता हो । धरान पहाडको फेदमुनी रहेका शहर भएकोले यहाँ वर्षायाममा जतिसुकै पानी परेपनि जम्दैन । भने, धरानलाई जनसहभागीताको उत्कृष्ठ नमुना भएको शहर पनि भनिन्छ । राज्यले अहिलेसम्म धरानको विकासमा त्यत्ति चासो नदिईरहेको अवस्थामा धरानबासी र व्रिटिस  अार्मीका परिवारले स्थानीय निकाय धरान नगरपालिकासँग विकास निर्माणमा ६० प्रतिशत सम्म जनसहभागीता जुटाएर हातेमालो गर्ने गरेका छन् । धरानका चौक र टोलमा ब्यवस्थित ढल तथा पिचबाटाे निर्माण हुनु त्यसैको उदाहरण हो । भाेली प्रादेशिक राजधानीमा जनसहभागिता अावश्यक पर्दा धरानबासी नजुट्ने संभावना रहँदैन । एकीकृत सम्पत्ती कर उठाउने विषमा पनि धरान उदाहरणीय नगर हाे ।

२०४५ सालको भूकम्पले झण्डै मृत शहरको रुपमा धरान नगरलार्इ परिणत गरेको थियो । पञ्चायत कालमा धरान कोशी अञ्चल सदरमुकाम समेत थियो। जिल्लाको सदरमुकाम पनि अन्यत्र थियो । शहर लार्इ गुल्जार गराउन विभिन्न प्रयास भए पनि विगतमा सरकारी उदासिनताको कारण यो शहर मृत जस्तै रहन पुग्यो । वर्तमानमा यो शहर आवासिय नगरको रुपमा मात्र रहेकोले नगरको ऐतिहासिकता जोगाउन र वर्तमानमा प्रदेश १ को समानुपातिक विकास गराउन प्रदेशको राजधानी बनाउन उपयुक्त हुने दावी गरिएको छ ।

ज्ञापनपत्रको पूर्णपाठः

नेपाल सरकारले नेपालको संविधान २०७२ अुसार बन्ने संघीय संरचनाको तिव्रताका साथ कार्यान्वयन अगाडि बढाई रहेको सन्दर्भमा माननीय मन्त्री ज्युको अध्यक्षतामा अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समिति गठन भएको थाहा पाउँदा अत्यन्तै खुसी भएका छौं । यस एतिहासिक कार्यमा सफलता मिलोस भनी हार्दिक शुभकामना व्यक्त गर्दछौ । संघीय तथा प्रादेशिक प्रशासन सम्बन्धी पुनर्संरचना गर्दै १ नं. प्रदेशको प्रशासनिक केन्द्र (राजधानी) समेत यसै समितिले निर्धारण गरी सिफारिस गर्ने हुँदा १ नं. प्रदेशका सवै नागरिकहरुलाई पायक पर्ने ऐतिहासिक नगरी धरानलाई १ नं. प्रदेश राजधानीको लागी सिफारिस गरि दिनु हुन धरानबासीको तर्फवाट हार्दिक अनुरोध गर्दछौं ।

धरान नगर (हाल उपमहानगरपालिका) पूर्वाञ्चलकै ऐतिहासिक नगर हो । किरातकालीन इतिहासको धरोहर विजयपुर राज्यको काखमा अवस्थित धरान सबै कोणबाट प्रदेशको राजधानी बनाउन उपयुक्त छ । ऐतिहासिक कालखण्डको किरातकालीन राज्यको राजधानी, विगत पञ्चायतकालमा कोशी अञ्चलको सदरमुकाम र वेलायती सेनाको भर्ति केन्द्र (ब्रिटिस गोर्खा डिपो) को स्थापनाले पनि यो नगर पूर्वाञ्चलको महत्वपूर्ण प्रशासनिक इकाइको रुपमा रहेको स्मरण गराउन चाहान्छौं । २०४५ सालको भूकम्पले झण्डै मृत शहरको रुपमा यो नगरलार्इ परिणत गरेको थियो । अञ्चल सदरमुकाम पञ्चायतकालमै विस्थापित भैसकेको थियो । जिल्लाको सदरमुकाम पनि अन्यत्र थियो । शहर लार्इ गुल्जार गराउन विभिन्न प्रयास भए पनि विगतमा सरकारी उदासिनताको कारण यो शहर अलगथलग रहन पुग्यो । वर्तमानमा यो शहर आवासिय नगरको रुपमा मात्र छ । अतः यो नगरको ऐतिहासिकता जोगाउन र वर्तमानमा प्रदेश १ को समानुपातिक विकास गराउने हो भने प्रदेश नं १ को सदरमुकाम बनाउन उपयुक्त हुन्छ भन्ने दावी हाम्रो रहि आएको छ । प्रादेशिक राजधानी बनाउने जस्तो सम्बेदनशिल विषयमा गम्भीर अध्ययन अनुसन्धान गरी प्रशासनिक सुगमता, भौतिक पूर्वाधार, जनसाधारणको पहुच र समान क्षेत्रीय विकास आदिलार्इ ध्यान दिर्इ धरानलार्इ प्रदेशको राजधानी तोक्न यो स्मरण गराउदछौं ।

धरान १ नं. प्रदेशको प्रशासनिक केन्द्र राजधानी हुने आधारहरुः

१. क्षेत्रफलः १९२.३२ वर्ग किमि । २. जनसंख्याः १३७७०८ । ३. बसोबासको किसिमः करिव ६२ जातिहरु बस्ने मिश्रित बसोबास रहेको । ४. भौगोलिकअबस्थितिः पूर्व मोरंग, पश्चिम सप्तकोशी, उत्तर महाभारत पर्वत श्रृङखला, दक्षिण चारकोसे झाडी (पूर्व पश्चिम लोकमार्ग) ५. ऐतिहासिकताः नेपालको पहिलो नगरपालिका मध्येको पुरानो नगर । ६. प्रशासनिक सुगमताः दक्षिण मोरङ, सुनसरीबट धरान आउजाउ गर्न सहज, उत्तर तर्फबाट भोजपुर संखुवासभा, तेहथुम र धनकुटाबाट आउजाउ गर्न सहज, ताप्लेजुङ र पाचथरबाट समेत तमोर कोरीडोर हुदै आउजाउ गर्न सहज, पूर्व तर्फ ईलाम झापाबाट आउन समेत सहज, पश्चिम तर्फ उदयपुर, खोटाङ, ओखलढुङगा तथा सोलुखुम्बुबाट समेत सुनकोसी कोरीडोर हुदै आउजाउ गर्न सहज रहेको ।

भौगोलिकआधारः

क.सवै जिल्लाको केन्द्र । ख. पहाड र मधेसको संगम स्थान । ग. मध्यम हावापानी

१. सामाजिक आधारः क. १ नं. प्रदेशको १४ वटै जिल्लाको नागरिकको बसोवास रहेको । ख. पहाड र मधेश सवैको जाति समुदायको सामाजिक, भाषिक, सांस्कृतिक सामिप्यता । ग. धार्मिक केन्द्र तथा सद्भावपूर्ण बसोबास ।

२.ऐतिहासिक आधारः क. करिव ४०० वर्षदेखि पूर्वी नेपालको राजधानी विजयपुर । ख. नेपाल एकीकरण अघि बुद्धीकर्ण रायको राज्य र राजधानी । ग. अन्चल सदर मुकाम ।

 वर्तमान पुर्वाधारको अवस्था 

१. भौतिक पुर्वाधार तथा यातायात सन्जालः

क.जोगमुनि धरान किमाथाङका कोसी लोकमार्ग । ख.हेटौडा सन्धिुली गाईघाट, चतरा धरान मधुमल्ला झापा बैकल्पीक लोकमार्ग । ग. धरान भेडेटार रवि राके ईलाम सहायक लोकमार्ग । घ. धरान ,मुलघाट, तमोर कोरीडोर, फिदीम, ताप्लेजुङ, ओलाङचुगोला, लोकमार्ग । ङ. धरानचतरा सुनकाेसी कोरीडोर खुर्कोट । च. धरानचतरा उदयपुर, खोटाङ, ओखलढुङगा सोलुखुम्बु लोकमार्ग । छ. धरान विमान स्थल (निर्माणाधिन) ।

२. स्वास्थ्यः

. वि.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान । ख. विजयपुर हस्पिटल । ग.स्पार्क हस्पिटल ।

३.सुचना तथा सन्चारः

क. रेडियो नेपाल । ख. नेपाल टेलिकम शाखा । ग. जिल्ला हुलाक कार्यालय । घ. दर्जन भन्दा बढी निजी सन्चार गृहहरु –दैनिक पत्रिका रेडीयो टि. भी.

४. शैक्षिक पुर्वाधारः

क. महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रिय खाद्य प्रविधी क्याम्पस, पूर्वान्चल ईन्जनियरीङ क्याम्पस, पिण्डेश्वर संस्कृत क्याम्पस, वि.पी. काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान । ख.आधादर्जन भन्दाबढी सामुदायीक उच्च मा.वि, तथा निजी विद्यालयहरु ।

५.खेलकुद पुर्वाधारः

क. प्रादेशिक रंगशाला धरान, १८ होलको निर्वाणा कन्ट्री गल्फ एण्ड रिसाेर्ट, क्रिकेट मैदान, कर्वड हल, एन्फा टेक्निकल सेन्टर, ख. सार्वजानिक तथा निजी दर्जन भन्दा बढी खेलकुद मैदान र हलहरु । ग. प्याराग्लाईडिङ , र्याप्टीङ आदी ।

६. वन तथा वातावरणः

क.ईलाका वन कार्यलय । ख.सर्दुजलधार क्षेत्र । ग. सामुदायीक वनहरुः उदय, लाङघाली, बाझोगरा, हरीयाली, यलम्बर, पन्चकन्या, जल कन्या, निसाने, पत्रुङबारी, पटनाली आदी ।

७.धार्मिक तथा सास्कतिक सम्पदाः

क. बुढासुव्वा, पिण्डेश्वरी, दन्तकाली, विजपुर दरवार क्षेत्र। ख. विष्णुपादुका, बराहक्षेत्र, सांगुरी गढी, सुलीकोट, आदि ।

८.आर्थिक तथा बाणिज्य सम्बन्धी पुर्वाधारः

क.धरान औद्योगीक क्षेत्र । ख. धार्मिक तथा ऐतिहासिक पर्यटन । ग. आन्तरिक राजश्व कार्यालय ।

९. आवासः

क. राष्टिय भवन निर्माण संहिता लागु गरिएको । ख.आवासको लागी–१. निर्वाणा कन्ट्री क्लब २.वि.पी. प्रतिष्ठान गेष्ट हाउस ३.सुनसरी चेम्बर गेष्ठ हाउस ४. होटल कन्चनजंगा, ५.ड्रिमल्याण्ड, ईजिराईडर्स, रत्ना ईन, स्विमीङ पुल, भेडेटारका होटलहरु, रिसोर्टहरु । ग. अतिथी सदनहरु १. गिता मन्दीर, अग्रसेन, बसन्त स्मृति भवन आदी ।

१०. सार्वजनिक हलहरुः

क. धरान सभागृह, ख. सैनिक भवन, ग.गिता मन्दीर, घ. वि.पी.अडिटोरीयम हल, ङ.वि.पी. दशहरा हल, च. सदन सभाहल, छ.उद्याेग वाणिज्य संघ ज.ब्रिटीस कम्युनिटी हल, छथरे समाज सभा हल, किरात याक्थुङ चुम्लुङ, किरात यायोख्खा, याक्खा छुम्मा, लाङघाली, उदय, हरीयाली सभा हल, ताप्लेजुङ भवन हल, धुलीखेल समाज, सिद्धीनेवा, चौविसे, अमरसेवा समाज, आदीवासी जनजाती संग्रहालय आदि ।
११. धरानमा रहेको सरकारी कार्यालयहरुः

१. पुर्वान्चल क्षेत्रिय प्रशासन कार्यलय सम्पर्क कार्यालय धरान । २.अन्चल प्रहरी कार्यलय (हाल संघिय ईकाई) । ३.सशस्त्र प्रहरी गुल्म, ४.पुरानो २ नं. बाहीनी क्याम्प नेपाली सेना (हाल विपत्त व्यावस्थापन गुल्म तथा सैनिक महाविद्यालय), ५. राष्ट्रिय अनुसन्धान पूर्व क्षेत्रिय कार्यालय, ७.आन्तकि राजश्व कार्यलय कोसी (पुरानो कोसी अन्चल अदालत रहेको कार्यालय), ८.पुरानो अन्चलाधिस कार्यालय (हाल ईलाका प्रशासन कार्यालय), ९.रेडियो नेपाल पुर्वान्चल प्रसारण केन्द्र, १०.ईलाका प्रहरी कार्यालय, ११. ईलाका बन कार्यलय, १२. पुरानो कोसी वेसीन कार्यालय (हाल हावापानी कार्यालय), १३.धरान आयुर्वेदिक कार्यालय, १४. जिल्ला हुलाक कार्यालय, १५.जिल्ला ट्राफिक कार्यालय, १६. नेपाल टेलिकम कार्यालय, १७. नेपाल बाणिज्य बैङक, १८. नेपाल विद्युत प्राधिकरण कार्यालय, १९. धरान खानेपानी कार्यालय, २०. साझा प्रकाशनको कार्यालय, २१. ईलाका पशु कार्यालय २२. नेपाल बैङक, २३. कृषी विकास बैङक पुर्वाचल क्षेत्रिय कार्यालय (हाल मालपोत तथा नापी कार्यालय) , २४. धरान औद्योगीक क्षेत्र, २५. जिल्ला खेलकुद विकास कार्यालय ।

१२. कुटनितीक निकायः

१.भारतिय पेन्सन कार्यालय, २.ब्रिटीस वेफेयर सेन्टर ।

१३.दिर्घकालिन रुपमा एकीकुत भवन तथा आवास क्षेत्र निर्माणको लागी जग्गा व्यवस्थापनः

१.धरान नगरपालिकाको नाममा रहेको धरान–१७, सप्तरंगी पार्क क्षेत्रमा रहेको ६५ विघा जग्गावाट आवश्यक जग्गा लिन सकिने । २. धरान –८ रेडीयो नेपालको नाममा रहेको जग्गावाट आवश्यक जग्गा लिन सकिने । ३.धरान ८ पूर्वान्चल क्याम्पसको नाममा रहेको जग्गावाट आवश्यक जग्गा लिन सकिने । ४. धरान १४ पिण्डेश्वरी क्याम्पसको नाममा रहेको जग्गावाट आवश्यक जग्गा लिन सकिने । ५. धरान १८ वि.पी. काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे नाममा रहेको जग्गावाट आवश्यक जग्गा लिन सकिने । ६.धरान १ पुरानो अस्पतालको नाममा रहेको जग्गा लिन सकिने । ७.कोसी प्रोजेक्टको नाममा रहेको जग्गाहरुबाट खाली रहेको जग्गा लिन सकीने । ८.धरान १३ शिवधारा बेस क्याप (ईरोम ) सडक डिभिजनको नाममा रहेको जग्गावाट आवश्यक जग्गा लिन सकिने । ९. धरानमा घरेलु सिल्पकला बिक्री भण्डारको नाममा रहेको जग्गावाट आवश्य जग्गा लिन सकिने । १०.चारकोसे जंगलको केही जग्गा उपयोग गर्न सकिने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =