विश्वकप छनाटेमा जर्मनीको रवाफ

एजेन्सी । विश्वकप छनोट अन्तरगत जर्मनीले आफ्नो अन्तिम खेलमा अजरबैजानलाई फराकिलो गोल अन्तरले हराएको छ । घरेलु मैदानमा भएको खेलमा जर्मनीले अजरबैजानलाई ५–१ ले पराजित गर्दै विश्वकप छनोटको यात्रा सुखद रूपमा समाप्त गर्‍यो । अजरबैजानलाई पराजित गरेसँगै जर्मनीले विश्वकप छनोटमा अपराजितरहन सफल भयो । समूहको १० खेलमा जर्मनीले शतप्रतिशत जित निकाल्यो ।

एकपक्षीय बनेको खेलमा जर्मनीलाई जिताउन लियोन गोरेट्काले २ तथा स्यान्ड्रो वाङ्गर, एन्टोनियो रुडिगर र इम्री क्यानले १–१ गोल गरेका थिए ।घरेलु मैदानमा जर्मनीले लियोन गोरेट्काको गोलबाट खेलको नवौंमिनेटमा अग्रता लिएको थियो । जोसवा किम्मिचको कर्नर प्रहारलाई लियोन गोरेट्काले ब्याक हिल गोल गरेका थिए । राम्रो खेल पस्केपनि जर्मनीले ३४ औँ मिनेटमा बराबरी गोल खान पुग्यो । रमिल सेदायवले बराबरी गोल फर्काउदापहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा जर्मनीले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै चार गोल गर्न सफल भयो । भने, खेलको ५४ औ स्यान्ड्रो वाङ्गरले गोल गरेपछि जर्मनीले खेलमा पुनः अग्रता लियो । भने, खेलको ६४ औँ मिनेटमा एन्टोनियो रुडिगरले गोलगरेपछि खेल ३–१ को अवस्थामा पुगेको थियो । त्यसको दुई मिनेटपछि लियोन गोरेट्काले टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरे । भने, खेल सकिन ९ मिनेट बाँकी रहँदा इम्री क्यानले गोल गरेपछि जर्मनीले सहजै खेल ५–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

समूह ‘सी’ कै अर्को खेलमा नर्वेसँग पराजित भएपनि नर्दन आयरल्याण्ड प्ले अफलाई छनोट हुन सफल भएको छ ।

नर्वेमा खेलिएको खेलमा नर्दन आयरल्याण्ड क्रिष ब्रन्टको आत्मघाती गोलमा १–० गोल अन्तरले पराजित भएको हो ।

हारपछि पनि समूहको दोस्रो स्थानमा रहेको नर्दन आयरल्याण्डको १० खेलबाट १९ अङ्क रहेको छ ।यो समूहकै अर्कोखेलमा चेक रिपब्लिकले सान मारिनोमाथि ५–० को फराकिलो जित निकाल्यो । चेकको जितमा मिकेल क्रिमिसिकले२ तथा जान कोपिक, फिलिप नोभाक र भाकलाभ काडलेकले १–१ गोल गरे । सानमारिनो माथि फराकिलो जितनिकाले पनि चेक विश्वकपलाई छनोट हुन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =