पोखरामा १२ जना जुवाडे पक्राउ

एन एच पाैडेल, पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीले जुवातास खेल्ने र खेलाउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिकाका २ स्थानमा अवैध रूपमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेको अवस्थामा जुवाडेहरुलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले बुधवार पोखरा लेखनाथ १५ खरबारी स्थित सुमन गुरुङको घरमा ४ बुक ताससहित नगद १६ हजार १ सय ५ रुपैयाँ पक्राउ गरेको छ । पक्राउ पर्नेमा घरधनी सुमन गुरुङ सहित डिलबहादुर थापा, यामबहादुर गुरुङ, हरि गुरुङ र बलबहादुर घर्ति रहेका छन् ।


यसै गरी पोखरा लेखनाथ ११ रानीपौवा स्थित गोपाल श्रेष्ठको घरमा डेरा गरी बस्ने प्रेमबहादुर थापाको डेरा कोठाबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई तास ४ बुक र ३१ हजार ४ सय ७० रुपैयाँसहित वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तास खेलाउने तनहुँ भानु नगरपालिका १२ घर भई हाल कास्की पोखरा लेखनाथ ११ बस्ने ३९ वर्षीय प्रेमबहादुर थापा, जितबहादुर बि.क.,सुदिप श्रेष्ठ, शिव बहादुर कुमाल, कृष्णबहादुर थापा,बुद्विबहादुर भित्रिकोटी र ईन्द्रजित गुरुङ रहेका छन् । उनिहरुमाथि आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *