नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्धारा टेम्पो चालकलाई सहयोग

भरतराज शर्मा, धरान । धरानमा टेम्पो चलाउदै आएका धरान १७ का मदन राईलाई उपचार गर्नको लागि आर्थिक कठिनाइ भएको छ । उनी आर्थिक अभावका कारण विगत २ महिनादेखि प्यालाइसिस भई घरैमा थलिएर बस्न बाध्य भएका छन् ।

यसैबिच यातायात मजदुरहरूको सङ्गठन नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले शनिवार चालक राईलाई आर्थिक सहयोग प्रदान गरेको छ । सङ्गठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले राईको घरमा पुगेर नगद ६ हजार ५ सय रुपैयाँ प्रदान गरेका हुन् । साथै सङ्घले उनको उपचारमा सहयोग गर्न सबैमा आग्रह पनि गरेको छ ।

सङ्गठनले यस अघि पनि अशक्त, बिरामी यातायात मजदुरलाई सहयोग प्रदान गर्दै आएको नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *