दुर्घटनामा परी कीर्गिस्तानका उपप्रधानमन्त्रीको निधन

विसकेक, असोज २१ । कीर्गिस्तानकाका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ ।

एक राजमार्गमा गुडिरहेको उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा उनको मा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ ।

स्थानीय समयानुसार शनिबार विहान करिब ७.३० बजे विसकेक–कारा–बाल्टा राजमार्ग अन्तर्गत पर्ने साडोभोए गाँउमा दुर्घटना भएको समाचारमा जनाइएको छ ।

उपप्रधानमन्त्री झुमाकादिरोभ र उनको सहयोगी टोयटा ल्याण्डक्रुजरमा यात्रा गरिरहेका थिए । उनीहरु दुबै जनाको भने दुर्घटनास्थलमा मृत्यु भएको बताइएको छ ।

गाडीका चालकलाई भने दुर्घटनापछि अस्पताल लगिएको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

उपप्रधानमन्त्री झुमाकादिरोभ ३८ वर्षका थिए । उनी गत अगस्टमा मात्रै उपप्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *