अनन्तरामको ५७ घण्टा : भोलि भाषण गर्ने अन्तिम दिन

काठमाडौं, असोज २१ । बिहीबारदेखि अनन्तराम केसीले ८४ घण्टा भाषण गरेर गिनिज बुकको विश्व कीर्तिमान तोड्ने कार्यक्रम निरन्तर चलाइरहेका छन् । उनले हालसम्म ५७ घण्टा भाषण गरिसकेका छन् ।

मित्रपार्कको टेक्सास् कलेजस्थित् कम्युनिटी हलमा उनले भोलि साँझसम्म निरन्तर लङ्गेष्ट म्याराथुन स्पिच दिने छन् । भोलि साँझसम्म चल्ने उक्त कार्यक्रम लायन्स क्लब अफ काठमाडौंको विहानीको आयोजनाले गरेको हो । केसीले लङ्गेष्ट म्याराथुन स्पिचमा योग, अध्यात्म जस्ता विषयमा निरन्तर ८४ घण्टासम्म स्पिच दिने छन् ।

यसअघि भारतको राजस्थानका आश्विन सुडैनले अहिलेसम्म ७५ घण्टा ३२ मिनेट भाषण गरेर आफ्नो नाम गिनिज वर्ल्ड रेकर्डमा लेखाइसकेका छन् । उनकै यो वर्ल्ड रेकर्ड ब्रेक गर्नको लागि केसीले सकेसम्म १०० घण्टा नभए कम्तिमा ८४ घण्टासम्म भाषण गर्ने योजना बनाएका छन् । लङ्गेष्ट म्याराथुन स्पिच कार्यक्रमलार्इ राइटपाथ करियर काउन्सेलिङ, प्रभु बैंक, मेगा बैंँक, टेक्सस कलेज, निस्ट फाउण्डेसन लगायतले स्पोन्सर गरेका छन् भने मुख्य अफिसियल मिडियामा मकालु खबर डटकम रहेको छ । कार्यक्रमको प्रत्यक्ष प्रशारण मेगा टेलिभजनले गरिरहेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *