भोलि नै पार्टी पुनर्गठन गरिन्छ

काठमाडौं, असोज २१ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अन्ततः आगामी निर्वाचनमा एमालेसँग तालमेलपश्चात् पार्टी एकीकरण गर्ने निर्णयविरुद्ध असहमत हुँदै आएका नेता गोपाल किराँतीले पार्टी पुनर्गठन गर्ने भएका छन् ।

तर, पार्टी पुर्नगठनपूर्व अध्यक्ष प्रचण्डले आफूसँग भेट्ने इच्छा प्रकाट गरेपछि भोलि आइताबार भेटघाट कार्यक्रम गर्ने छन् । उनीसँगै नेता मातृका यादव लगायतले एमालेसँग पार्टी एकीकरण गर्ने प्रचण्डको रणनीतिसँग रोस प्रकट गरेका छन् ।

आज शनिबार केही बेरमा राष्ट्रिय सभागृहमा सुरु हुने प्रचण्ड समूहको पार्टी प्रशिक्षण बहिस्कार गरियो भन्दै उनले तीन बुँदे धारणा व्यक्त गरेका छन् ।
प्रतिपक्ष एमालेसँग असोज १७ गते भएको ६ बुँदे घोषाणा परिमार्जन सम्भव भएपनि अध्यक्ष प्रचण्डले आँखा चिम्लेर सहमति जनाएको भन्दै नेता किराँतीले सम्भवतः भोलि नै पार्टी पुर्नगठन गर्ने जनाएका छन् ।

१. आज बिहान प्रचण्डसँग एक घण्टा छलफल गरियो । ‘बैठक’ भनिएको भए विधिको दृष्टिले पनि अस्ती १७ गतेको ६ बुँदे घोषणा परिमार्जन सम्भव हुने थियो तर ‘प्रशिक्षण’ भनेपछि केन्द्रीयताको त्यो कार्यक्रमबाट परिमार्जनको कुनै गुन्जाईस रहेन र सभागृहमा गईएन ।
२. भोली बिहान फेरी बस्ने श्री प्रचण्डको अनुरोधलाई भने स्विकार गरियो । किनकी मलाई त्यस्तो कुनै हतारो छैन ।
३.भोलीको छलफल पछि सम्भवतः भोली नै नेकपा (माओवादी केन्द्र) पुनरगठन समिति निर्माण गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *