पूर्व डीआईजी सिलवाल एमालेमा प्रवेश

काठमाडौं, असोज २० । पूर्व डीआईजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आज एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर उहाँ पार्टी प्रवेश गर्नुभएको हो । सर्वोच्च अदालतबाट आइजिपी प्रकरणको मुद्धा हारेपछि नेपाल प्रहरीको डीआइजीबाट राजीनामा दिनुभएका नवराज सिलवाल आज काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमबाट एमालेमा प्रवेश प्रवेश गर्नुभएको हो ।

आईजीपी बनाउन माग राख्दै हालेको मुद्दा हारेपछि सिलवालले डीआईजीबाट राजीनामा दिनुभएको थियो । डीआइजी वरियतामा एक नम्बरमा रहे पनि चौथो वरियताका जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेपछि सिलवाल सर्वोच्च अदालत पुग्नुभएको थियो । अदालतबाट न्याय नपाएपछि जनतामा जाने बताउँदै आउनुभएका सिलवालले सोही दिन पदबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *