उपेन्द्र यादवले डा. बाबुरामलाई लोप्पा खुवाए !

काठमाडौं, असोज २० । नयाँ शक्ति पार्टी नेपालका अगुवा डा. बाबुराम भट्टराईका एक समयका सारथी तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सात जना अध्यक्षमण्डल रहेको राजपासँग तालमेल गरेर आगामी चुनावी मैदान उत्रिने भएका छन् ।

शुक्रबार राजपाका अध्यक्षमण्डल राजेन्द्र महतोसँग तालमेल पत्रमा हस्ताक्षर गर्दै अध्यक्ष यादव उतातिर लहसिएका छन् । असोज १७ गते एमाले,माओवादी र नयाँ शक्तिको तालमेल र एकता कार्यक्रममा डा. बाबुराम भट्टराईले अध्यक्ष उपेन्द्र यादवलाई पनि लिएर ‘हामी सँगै एमालेमा आउँदै छौँ है’ भनेपनि त्यो सम्भव हुन सकेको थिएन । डा. बाबुरामले शुक्रबारसम्म पनि पटक पटक फोन गरेर ‘चुनावमा तालमेल गर्न एमाले नै ठिक छ ’ भन्दै आउँन बिन्ति नगरेका होइनन् तर यादवले राजपाका अध्यक्षमण्डलसँग चुनावी तालमेल पत्रमा हस्ताक्षर गर्न लागेको बताएका थिए ।

मधेसी, आदिवासी जनजाति,मुस्लिम, महिला, थारु खस, पिछडिएका वर्ग,अल्पसंख्यक समुदायलगायत सबैका मुद्धाहरुलाई समेटेर लाने र त्यसको अन्त्य गर्ने बताउँदै आफूले राजपासँग आगामी चुनावमा तालमेल गरेको अध्यक्ष यादवले प्रष्ट्याए । उनले साझा रुपमा उम्मेदवार चयन गरेर आगामी निर्वाचन होमिने समेत बताए ।

यसअघि उनले डा. बाबुराम भट्टराईलाई सँगै एमालेको सूर्य चिन्ह्मा निर्वाचन लड्ने आशा नदेखाएका होइनन् । तर, अन्त्यमा उनी चुके । त्यसो त दुवैबीचमा एमालेमा जाने पक्का पक्की झै भएपछि यादव पनि एमालेमा आउँने सन्देश बोकेर डा. बाबुरामले अध्यक्ष ओलीलाई यादवसँगै आफू एमालेमा आउँने आशा देखाएका थिए ।

तर, अन्त्यमा डा.बाबुराम यादवविना एक्लै प्रचण्डसँगै एमालेमा मिसिन पुगे । तर, एकीकरणको मुख्य बाटो तय नभएसम्म पूर्ण रुपमा एमालेमा विलय नहुने । मात्रै प्रदेश र प्रतिनिधिसभाको चुनावी तालमेल अवधिभर एमालेको साथ रहने यसअघि डा. बाबुरामले प्रष्ट भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *