नारायणीमा डुबेर दुईजना बेपत्ता, खोल्सामा डुबेर एकको मृत्यु

नवलपरासी, असोज १९ । नवलपरासीको कावासोतीमा नारायणी नदीले बगाउँदा दुईजना बालक बेपत्ता भएका छन् । कावासोती–११ लौगाई घाटमा पौडी खेल्ने क्रममा बुधबार दुईजना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा स्थानीयवासी १० वर्षीय सुमन महतो र ८ वर्षीय सुसन महतो रहेको प्रहरीले जनाएको छ ।

बेपत्ताको स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा खोजी जारी छ । पौडी खेल्न गएका उनीहरु एकाएक नदीमा बेपत्ता भएपछि अन्य साथीले आफन्तलाई खबर गरेका थिए । यता, मोरङमा खोल्सामा डुबेर बुधबार बेलुकी एकजनाको मृत्यु भएको छ ।

पथरी–शनिश्चरे–७ को लामाटोली बस्ने ६२ वर्षीय नरबहादुर विश्वकर्माको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । घर नजिकमा रहेको गुहेहोली भन्ने खोल्सामा उनी डुबेको अवस्थामा मृत भेटिएका थिए । घटनास्थलमा पुगेको प्रहरीले शव परीक्षणका लागि पठाएको र थप अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *