लस भेगसमा गोलीकाण्ड मच्चाउने स्टेफनकी केटी साथीले दिइन यस्तो प्रतिक्रिया

काठमाडौं, असोज १९ । अमेरिकाको लस भेगसमा गोलीकाण्ड मच्चाउने अमेरिकी नागरिक स्टेफन प्याडककी केटी साथीले आफूलाई स्टेफनको नियत र घटनाको प्रारम्भिक अनुमान नभएको प्रतिक्रिया दिएकी छिन् ।

फिलिपिन्समा रहंदै आएकी मार्लो डेन्लीलाई घटनापछी अमेरिका झिकाई सोधपुछ गरिएको थियो । स्टेफन प्याडकसँग संगै बस्ने सपना आफ्नो रहेपनि उनले घटना गराउने विषयमा कुनै संकेत नदिएको डेन्लीले बताइन् ।

फिलिपिन्समा रहँदै आएकी डेन्लीको प्याडकसँग लामो समयदेखि प्रेम सम्बन्ध रहेको र क्यासिनोमा काम गर्ने उद्देश्यका साथ अमेरिका पुगेको बताईएको छ ।

अमेरिकाका लागि उनलाई प्याडकले नै टिकट किनिदिएको बताउँदै डेन्लीले घटनालगत्तै प्याडकको संलग्नता बारे जानकारी पाएको प्रहरी समक्ष बयान दिएकी छिन् ।

साथै उनले घटना निकै नै दर्दनाक रहेको भन्दै आफ्ना साथीसँगै समयमै पार लागेको प्रतिक्रिया समेत दिएकी छिन् ।

लस भेगसमा गत सोमबार सांगीतिक समारोह भइरहेको स्थलमा अन्धाधुन्ध गोली प्रहार गरी ५९ जनाको हत्या गर्दै स्टेफन आफैले आत्महत्या गरेका थिए । घटनामा ५ सयभन्दा बढी घाइते भएका छन् । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *