नयाँशक्ति पनि थपियो एमाले र माओवादीको सहमतिमा

काठमाडौं, असोज १७ । चुनावी तालमेलसँगै पार्टी एकता गर्ने नेकपा माओवादी केन्द्र र एमालेको सहमतिमा नयाँ शक्ति पार्टी नेपाल पनि थपिएको छ । बृहत ध्रुबीकरणको सहित नेपालमा शक्तिशाली एउटा कम्युनिष्ट पार्टी बनाउने अभियानमा माओवादी र एमाले जुटेका बेला नयाँशक्ति पनि सहभागी हुने भएको हो ।

चुनाबी तालमेल र पार्टी एकताका सम्बन्धमा साँझ ५ बजेको संयुक्त घोषणासभामा नयाँ शक्ति पनि थपिने भएको हो । यसअघिका औपचारिक र अनौपचारिक छलफलमा नयाँशक्तिका संयोजक बाबुराम भट्टराईको सहभागीता थिएन ।

मंगलबार एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता सहमति भएको थियो । लगतै एमाले अध्यक्ष ओलीले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसँग कुराकानी गरेका छन् । छलफलमा चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिमा नयाँ शक्ति पनि सहभागी हुने सहमति भएको प्रकाश दाहालले जानकारी दिए ।

अहिले सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा तीन दलका नेताहरुको छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 9 =