दशैंमा सुनसान काठमाडौंको चहलपहल ह्वात्तै बढ्यो, आजदेखि सरकारी कार्यालय पनि खुल्ने

काठमाडौं, असोज १७ । दसैं मनाउन काठमाडौं बाहिर गएकाहरु फर्कन थालेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ । बाहिर गएका यात्रु फर्किएसँगै पसलहरु खुल्न थालेका छन् भने काठमाडौंमा गाडीको चाप पनि बढ्दै गएको छ ।

सोमबारदेखि मुख्य मुख्य चोकमा गाडीले पालो पर्खनुपर्ने अवस्था रहेको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गएको २४ घन्टामा ९ हजार १ सय  ८ वटा गाडीमा विभिन्न नाकाबाट ६७ हजार ७ सय २५ यात्रु काठमाडौं भित्रिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

आइतबारदेखि सोमबार विहानसम्म ४९ हजार यात्रु भित्रिएकोमा सोमबारदेखि भने काठमाडौं भित्रने यात्रुको संख्या धेरै नै बढ्न थालेको ट्राफिक प्रहरीले जनाएको छ । दसैंमा काठमाडौं भित्रने गाडीको संख्या बढेसँगै लागुऔषध ओसारपसार, चेलिबेटी बेचविखन र अन्य आपराधिक क्रियाकलाप हुनसक्ने भएकाले चेकजाँच कडाइ गरिँदा नागढुंगा, फर्पिङ, जगाती, नागार्जुन लगायतका नाकामा गाडीले पालो पर्खनुपर्ने अवस्था रहेको पनि ट्राफिक प्रहरीले जनाएको छ । मंगलबारदेखि सरकारी कार्यालय पनि खुल्ने भएकाले पनि काठमाडौंमा चहलपहल बढ्न थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *