प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरु आन्तरिक छलफलमा

काठमाडौं, असोज १६ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । नेकपा (एमाले) का सबै निर्वाचन क्षेत्रीय कमिटीले नाम सिफारिस प्रक्रिया शुरु गरेका छन् भने नेकपा माओवादी केन्द्रले पनि आज दुवै निर्वाचनमा पार्टीको सहभागिताका बारेमा छलफल गरेको छ ।

पहिलोपटक आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि यही असोज १६ र १७ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठक गरी जिल्ला कमिटीमा नाम सिफारिस गर्ने एमालेको कार्यतालिका छ । सिफारिस गरिएका नामबारे अन्तिम टुंगो लगाउन असोज २६ र २७ गते एमाले स्थायी कमिटीको बैठकले टुंगो लगाउने जनाइएको छ । चुनावी तालमेलबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) को आज पदाधिकारी बैठक बसेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + ten =