कर्णाली नदीमा डुबेर दुई जना वेपत्ता

बिष्णु जोशी

धनगढी असोज १६ । कैलालीको मोहन्यालगाउँपालिका ७ पितमारीमा कर्णाली नदीमा डुबेर दुई जना वेपत्ता भएका छन् । बनभोज खाने भनेर त्यहाँ पुगेका टिकापुर नगरपालिका– ९ का ३० वषका मुकुन्द न्यौपाने र उनकै भतिजा २८ वर्षका रमेश न्यौपाने कर्णाली नदिमा डुबेर वेपत्ता भएका हुन् ।

उनीहरु हिजो साँझ करिब साढे पाँच बजेतिर कर्णाली नदी किनारमा रमाइलो गर्न भनेर गएका थिए । प्रत्यक्षदर्शीका अनुसार गहिराई नाप्ने भन्दै नदी किनारमा गएका बेला उनीहरु पानीको भुमरीमा परेका थिए । दुबै जनाको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक धनबहादुर बोहोराले बताए ।

बाहिर हेर्दा सम्म जस्तो भएको उक्त स्थानमा पानीको भुमरी रहेको र यसअघि पनि एकजनाको डुबेर मृत्यु भएको चीसापानी प्रहरीले जनाएको छ । बेपत्ता दुबैजना सँग गएका टीकापुरकै अनराग धामीले मकालु खबरसँग खबर गरेलगत्तै  चिसापानीबाट गएको पाँचजनाको प्रहरी टोली, स्थानीय र आफन्तहरुले खोजी गरिरहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *