म्यान्चेस्टर सिटीद्वारा चेल्सी पराजित, म्यान्चेस्टर पहिलो स्थानमा

काठमाडौं, असोज १५ । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राती भएको खेलमा म्यान्चेस्टर सिटीले चेल्सीलाई १-० ले हराएको छ ।

चेल्सीको मैदानमा भएको खेलमा पाहुना टोली सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले ६७ औं मिनेटमा निर्णायक गोल गरे ।

राती नैं भएको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले क्रिष्टल प्यालेसलाई ४-० ले पराजित गर्‍यो ।

म्यान्चेस्टर युनाईटेडका लागि मराउने फेलियानीले दुई गोल गरेभने हुँवा माटा र रोमेलु लुकाकुले एक एक गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले हडर्सफिल्ड टाउनलाई ४-० ले पाखा लगाँउदा स्टोक सिटीले साउथह्याम्पटनलाई २-१ ले तथा वेष्ट ह्याम युनाईटेडले स्वान्सी सिटीलाई १-० ले हराए ।

वेष्ट ब्रोमविच आल्बियोन र वाट्फोर्डले २-२ गोलको बराबरी खेले ।

रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ७ खेलबाट १९/१९ अंक जोडेका म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाईटेड क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

तेस्रो स्थानको टोटनह्यामको १४ अंक छ भने १३ अंकको साथ चेल्सी चौथो स्थानमा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *