प्रधानमन्त्री देउवाले गुरुको हातबाट टीका लगाए, प्रचण्ड निवासमा बर्षौपछि दशैं

काठमाडौं, असोज १४ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना गुरु विनोद सापकोटाबाट टीका ग्रहण गरे ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेर ५५ मिनेटको शुभसाइतमा उनले सापकोटाको हातबाट टीका ग्रहण गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पनि टीका ग्रहण गरे ।

यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि वर्षौपछि दशैंको टीका लगाएका छन् ।

दाहालले श्रीमती सीता, छोरा प्रकाश र छोरी रेणु दाहालसहित परिवारको साथ टीका लगाएको तस्वीर छोरा प्रकाशले फेसबुकमा राखेपछि यो टीका लगाएको कुरा सार्वजनिक भएको हो ।

यसैगरी, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बुबा भोजप्रसाद भट्टराईको हातबाट विजयादशमीको टीका लगाए ।

डा. भट्टराईले आफ्नो ट्वीटर र फेसबुकमा टीका लगाएको तस्वीर राख्दै ‘हामी सबैको भलो होस्, देश र जनताको भलो होस्, नेपाल हाम्रै पालामा समृद्ध बनोस्’ भन्ने कामना गरेका छन् ।

यता, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बडादशैँको अवसरमा आफ्ना दाजु बन्धुराज पौडेलबाट टीका ग्रहण गरेका छन् ।

राजधानीको कलंकीमा टीकाको शुभसाइतको समयमा वरिष्ठ नेता पौडेलले टीका ग्रहण गरेका हुन् ।

त्यसपछि वरिष्ठ नेता पौडेलले परिवारजन, इष्टभित्र र पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो निवास बोहोराटारमा दशैंको टीका जमरा लगाइदिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *