राष्ट्रपतिद्वारा आमाको हातबाट टिका ग्रहण

“
राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेयको हातबाट दशैको टीका ग्रहण गरेकि छिन् ।
राष्ट्रपति भवन शितल निवासमा शनिबार बिहान ११ बजेर ५५ मिनेटको शुभ साईतमा आफ्नी आमा मिथिला पाण्डेयको हातबाट टीका र जमरा ग्रहण गरेकि हुन् ।
त्यस अघि राष्ट्रपति भण्डारीले हनुमानढोकास्थित दशै घरका मुल पुजारी देवराज अर्यालको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका जमरा ग्रहण गरेकि थिइन् । राष्ट्रप्रमुखलाई दशै घरका मुल पुजारीले दुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा लगाईदिने परम्परा छ ।
टीका ग्रहणका बेला मंगल धुन बजाईएको थियो । आफुले टीका जमरा लगाएपछि राष्ट्रपति भण्डारीले आफ्ना छोरी ज्वाई उषाकिरण भण्डारी, उमेश थापा, निषा कुसुम भण्डारी, अभिशेक यादव र देवर डाक्टर कैलाश भण्डारीलाई टीका र जमरा लगाई दिएकि थिइन् । त्यसलगत्तै भण्डारीले परिवारका अन्य सदस्यलाई पनि टीका र जमरा लगाईदिइन् । राष्ट्रपति भण्डारीले अपरान्ह २ बजे देखि ३ बजे सम्म उच्च पदस्थ अधिकारी र ३ बजे पछि सर्वसाधारणलाई टीका लगाईदिने कार्यक्रम छ ।
“








