जाम र सर्वसाधारणको घुइँचो हुने काठमाडौंका सडक सुनसान

काठमाडौं, असोज १३ । हरेक दिन सवारी साधनको जाम र सर्वसाधारणको घुइँचो हुने राजधानी काठमाडौंका सडक नेपालीहरुको महान चाड बडादशै आउदा सुनसान बनेका छन् । उपत्यकाका बजार, पसल र होटलहरु पनि अधिकांश बन्द छन् ।

राजधानी काठमाडौंलाई कार्यस्थल बनाएर बसेकाहरु दशैं मनाउन आफ्नो घर फर्केसँगै सडकहरु सुनसान बनेका छन् । वडा दशैंको अघिल्लो दिन महानवमीका दिन शुक्रबार राजधानीका मुख्य र सहायक सडकहरुमा कममात्रै सवारी साधन चलेका छन् । छिटफुट रुपमा निजी सवारी साधन सञ्चालन भएपनि सार्वजनिक यातायात ठप्प छन् ।

अधिकांश दशैं मनाउन राजधानी बाहिर जानु र राजधानीमै बसेका पनि आ आफ्ना घरमा पारिवारिक जमघटमा बसेपछि दैनिक कोलाहलको शहर भनेर चिनिने काठमाडौं शुक्रबार शान्त छ । राजधानीमा आई अध्ययन तथा विभिन्न पेशा व्यवसाय गर्दै आएको झण्डै २८ लाख मानिसहरु दशैं मनाउन राजधानी बाहिर गएको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *