भारतको रेलवे स्टेसनमा भागदौड मच्चिँदा कम्तीमा २२ जनाको मृत्यु, ३० घाइते

काठमाडौं, असोज १३ ।  भारतको मुम्बईस्थित एक रेलवे स्टेसनमा शुक्रबार भागदौड मच्चिँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अरु ३० जना घाइते भएका छन् ।

एल्फिस्टन र परेलको लोकल रेलवे स्टेसनलाई जोड्ने पुलमा भागदौड मच्चिएको थियो ।

किंग एडवर्ड मेमोरियल हस्पिटलका डा. प्रवीण बांगडले घटनामा २२ जना जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

अत्यधिक वर्षा भइरहेको बेला भागदौड मच्चिएको थियो । पानी परेपछि ओत लाग्न धेरै मानिस ‘फुटओभर ब्रिज’मा जम्मा भएका थिए ।

त्यसैबेला पुल भाँचिएको हल्ला फैलिएपछि भागदौड सुरु भएको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *