दसैँमा घर जाने यात्रुहरुको एयरपोर्टमा बिचल्ली, सोधुपछ गर्दा गालीको बर्षा

काठमाडौँ,असोज ११ । दसैँका लागि घर जान चार घण्टाअघि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पुगेका यात्रुहरु समयमा विमान उडान नभएसँगै अलपत्र झैँ बनेका छन् । विमानस्थलले अहिलेसम्म उनीहरूलाई उडान के कारणले ढिला भयो यकिन जानकारी गराइएको छैन । यसबारे यात्रुहरुले  विमानस्थल भित्रका  सम्बन्धित अधिकारीसँग सोपुछ गर्दा उल्टै ‘त त र म म’ गर्दै हप्काउने गरेका छन् ।

विरगञ्ज, विराटनगर, लुक्ला, नेपालगञ्ज, भैरहवा, भरतपुर, भद्रपुर, पोखरा जाने यात्रुहरु चार घण्टादेखि कुरिरहेका छन् । तर, उनीहरू कतिबेला आफ्नो गन्तव्यमा पुग्ने कुनै यकिन जानकारी नपाउँदा आक्रोशित बन्न पुगेका छन् । एयरपोर्ट सुरक्षा शाखाले भने ट्राफिक जामका कारण उडान ढिला भएको बताउँदै आएको छ । चार घण्टादेखि ट्राफिक जाम हुनुबारे जानकारी गराउँदै एयरपोर्टका प्रहरी जवान खेमराज खतिवडाले दसैँका समयमा अत्यधिक मात्रामा विदेशबाट यात्रुहरुको आगमनका कारण उडान ढिला भएको बताउँछन् ।

यता,यात्रुहरुले भने नागरिक उडड्यन प्राधिकरणको लापारबाहीले आफूहरू चार घण्टादेखि अलपत्र झैँ बनेको बताएका छन् । यसबारेमा प्रहरी जवान खतिवडासँग बुझ्दा उनले १५ देखि २० मिनेटको अन्तरालमा यात्रुहरुलाई गन्तव्यतर्फ पठाइरहेको बताउँछन् । तर, १० बजे अघि नै एयरपोर्ट पुगेका सयौँ यात्रुहरु कति बेला गन्तव्यतर्फ अघि बढ्नुपर्ने हो अत्तोपत्तो देखिँदैन ।

नेपाल एयरलाइन,सीता एयर,तारा एयर, डोमेस्टिक एयर,सौर्य एयर, बुद्ध एयर,श्री एयर, सिम्रिक एयरलाइनका टिकट काटेका सयौँ यात्रुहरु कतिबेला घर पुगिन्छ भन्दै आफ्नो पालो कुरि बसेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *