मिर्गौला रोगबाट पीडित कलाकार लक्ष्मी रानाको निधन

काठमाडौं, असोज १० । कलाकार लक्ष्मी रानाको निधन भएको छ। लामो समय देखि मिर्गौलाको रोगबाट पीडित उनको म‌ंगलबार बनस्थली मिर्गौला हस्पिटलमा निधन भएको हो।

कलाकार माझ ‘कम्प्युटर क्वीन’ ले चिनिएकी लक्ष्मी लामो समय देखि मृगौला सम्बन्धी समस्याबाट पिडित थिइन्।उनलाई नेपाल मगर संघ लगाएत विभिन्न घ संस्थालेले उपचारमा सहयोग गर्दै आएको थियो ।

पर्सा जिल्लाको वीरगञ्जबाट उति बेलाको चर्चित पञ्चम क्लबसँग आवद्ध भएर कला यात्रा शुरु गरेकी रानाले टेलिसिरियलको पकड राम्रो भएको बेला बाचा विर्सेको छैन,निमित्त नायक,एक साँझ लगायत थुप्रै टेलिशृङ्खलामा अभिनय गरेकी थिइन् ।उनले नृत्यबाटै धेरैको जितेकी थिइन् ।

तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याको सिफारिसमा उनि पहिलो पटक फ्रान्समा कार्यक्रम गर्न गएकी थिइन् ।उनले भारत,स्पेन,जापान,स्वीजरल्याण्ड,फ्रान्स लगायत सय भन्दा बढी देशहरुमा आफ्नो कला प्रस्तुत गरेकी थिइन् ।

फिल्म ‘मनकामना’ मार्फत चलचित्रमा सह-अभिनेत्रीको रुपमा डेब्यु गरेकी उनले एक साँझ, बाचा बिर्सेको छैन लगायतमा पनि अभिनय गरेकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 5 =