एन आई सी एसिया बैङ्कले ॐ अपाङ्गता बालबालिका केन्द्रको स्याहार गर्ने

“
काठमाडौँ, असोज १० । एन आई सी एसिया बैङ्कले काठमाडौँको स्यूचाटारस्थित ॐ अपाङ्गता बालबालिका स्याहार केन्द्रका शारीरिक रूपमा अशक्त तथा असक्षम तथा अनाथ बालबालिकाहरुका लागि दैनिक रूपमा आवश्यक पर्ने खाद्य पदार्थहरु (खानेकुरा) उपलब्ध गराउँने भएको छ ।
हिजो सोमबार बैङ्कले विज्ञप्तिमार्फत मासिक रूपमा आगामी एक वर्षको लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो । बैङ्कले देशभर रहेका १२५ वटा शाखा कार्यालयहरु मार्फत अनाथ,अपांग बाल बालिकाका लागि खानेकुरा , लत्ताकपडा र शिक्षा क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताए ।
यससँगै बैङ्कले देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरूमा सहयोग गर्दैँ आएको जानकारी गराउँदै भविष्यमा पनि यसरी नै निरन्तर रूपमा सामाजिक कार्यहरूमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ भने यस्ता कार्यक्रमहरुले अन्य सङ्घ संस्था तथा व्यक्तिहरूलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकासका कार्यहरूमा योगदान पु¥याउन प्रोत्साहन दिने विश्वास बैङ्कले लिएको छ ।
“








