दशैँमा देउवा मासु थोरै खाने,ओली ससुराली नजाने तर प्रचण्डको रणनीति बेग्लै

काठमाडौं । दसैं शुरु भइसकेको छ । नेपालीहरुको बिशेष चाडको रुपमा हेरिने दसैंसँगै प्रतिनिधि र प्रदेशसभाको चुनावले राजनीतिक दलहरुलाई छपक्कै छोपेको छ । भुगोल समुदाय र बर्ग अनुसार दसैं मनाउने आ–आफ्नै तौरतरिका छन् । दसंलाई सामाजिक, पारिवारिक र धार्मिक चाडका रुपमा समेत लिने गरिन्छ । घर परिवारबाट टाढिएकादेखि चिसिएका सम्बन्ध समेतलाई जोड्ने काम गर्दछ दसैंले । प्रायः दसैंलाई मिठो खाने, नयाँ लगाउने एवं फुर्सदिलो र मनोरञ्जनका हिसाबले मनाउने प्रचलन पूरानै हो । धेरैजसो मानिसले दसैंलाई सोहिअनुरुप नै मनाउने गर्दछन । तर देशका प्रधानमन्त्रीदेखि शीर्ष नेताहरुले दसैं कसरी मनाउछन होला ? यसमा सबैको चासो हुन सक्छ । नेपाली राजनीति घुमाउने देशका ५ शीर्ष नेताले यस बर्षको दसैं कसरी मनाउँदैछन् ?

देउवाको दसैं
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको खासै दसैंको योजना भने बनेको छैन् । अघिल्ला वर्षहरुमा जस्तै परिवारसँग दसैं मनाउने मनसायममा छन् देउवा । हरेक वर्ष पण्डितहरुको हातबाट टीका लगाउँदै आएका उनले परिवारसँगै नातागोता र पार्टी कार्यकर्तालाई टीका लगाईदिने गर्छन् । दसैंकै लागि भनेर उनले खासै किनमेल नगर्ने उनले मासुका परिकार पनि कम खाने गरेको उनका निकटस्थहरु बताउँछन् । प्रधानमन्त्री देउवा राजनीतिक र पारिवारिक भेटघाटमै दसैंभर ब्यस्त रहने छन् ।

ससुराली धाउँदैनन् केपी ओली
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यसपालिका दसैंै भक्तपुरकोे बालकोटस्थित आफ्नै निवासमा मनाउने तयारीमा छन् । उनले आफ्ना बाबुको हातबाट टीका लागाउँने छन् भने ससुराली जादैनन् ओली । विगतको दसैं जस्तै यसपालि पनि उनले आफ्ना सुभचिन्तक, आफन्त तथा कार्यकर्तालाई टिका लगाईदिने कार्यक्रम रहेको छ । दसैंै अवधिभर ओली पारिवारिक र राजनीतिक भेटघाटमा व्यस्त रहने छन् । बालकोटस्थित ओली निवासमा दसैंैको टिका लगाउन कार्यकर्ताहरु आउने गर्दछन् ।

दसैंभर चुनावी रणनीति तय गर्ने मूडमा प्रचण्ड
दुई दशकदेखि दसैंको टिका नलगाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दसैंैमा अरुलाई टिका लगाइदिने कार्यक्रम पनि छैन । उनले कार्यकर्ता र आफन्तसँग दसैंको शुभकामना आदान प्रदान र भेटघाट गरेपनि खास दसैं बिशेष कार्यक्रम बनाएका छैनन् । उनको परिवारमा दसैं पनि अन्य समय जस्तै गरी बित्नेछ । उनले दसैंलाई सामाजिक र पारिवारिक चाडका रुपमा मनाउने छन । उनी दसैं अवधिभर लाजिम्पाटस्थित आफ्नै निवासमा रहने छन् । यसपालि दसैंको समयमा उनी प्रदेश र प्रतिनिधिसभाको चुनावी रणनीति तय गर्न व्यस्त रहने उनका प्रेस संयोजक मनोहरी तिमल्सिनाले खबरडबलीसँग बताए ।

दाजुको हातबाट टिका थाप्दै कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापा यसपालि दसैं परिवारसँगै मनाउने तयारीमा छन् । प्रत्येक बर्ष दसैंमा पुर्व राजा ज्ञानेन्द्रको हातबाट टिका लगाउने उनले यसपालि आफ्ना दाजु नेत्रबहादुर थापाको हातबाट टीका लगाएर क्षेत्रपाटीस्थित ससुरालीमासमेत टिका थाप्न जाने कार्यक्रम छ । थापा फुर्सदको समयमा पुस्तक पढ्न रुचाउँने भएकाले यसपालि दसैंमा पुस्तक पढ्ने योजना बनाएको उनको सचिवालयले बताएको छ । त्यसका साथै राजनीतिक र पारिवारिक भेटघाटमै उनले दसैंको समय बिताउने छन् ।

टिका थाप्छन् बाबुराम
नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई दसैं अवधिभर काठमाडौंमा रहने छन् । आफ्ना बाबुको हातबाट टिका लगाउने तयारी गरेका भट्टराई ससुराली जाँदैनन् । उनको यो दसैंको अधिकांश समय चुनावी रणनीति तय गर्ने र अध्ययनमा बिताउने तयारी गरेको उनका स्वकिय सचिव विश्वदीप पाण्डेले खबरडबलीलाई बताए । भट्टराईको दसैंको लागि त्यस्तो खास योजना बनेको छैन । उनले अरुलाई टिका लगाइदिने कार्यक्रम पनि छैन ।-सुमित काफ्लेको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *