हिजो राति बोरा बोकेर हिँड्ने ऊ…
२०७४ जेठ १५ गते

“
अभि सुवेदी
‘बोरा’
उसका पनि यो देशमा
मौन इतिहास र पुर्खाका
उपेक्षित हिँडेका किरमिर समय
युगयुगमा फेरिने उस्तै मानिसहरूका
शक्तिका छायाँमुनि बसेका
मौन म्युजियमहरू समान छन्
ठेलमठेल शक्तिमा चढ्नेहरूका कथालाई
ऊ केही रिस र केही करुणाले हेर्छ
चिरिएकै भएपनि उसको मन आकाश हो ।
बदलिरहने खुँडे जुनहरू
जाडोको रातका ताराहरू
फुटेका घामहरू बोरामा बोकेर
आफ्नै नक्साभरि हिँड्ने उसलाई देख्दा लाग्छ
ऊ इतिहासको आदिम वाक्य हो
लाग्छ, उताबाट लेखिनुपर्ने थियो इतिहास
उताबाट कोरिनुपथ्र्यो नक्साहरू ।
हिजो राति बोरा बोकेर हिँड्ने ऊ
चम्किला आँखाका ताराहरूमा
आकाशजस्तै उठेको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








