गुल्मीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते

गुल्मी, असोज ७ । गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर–११ भगारी खोलामा शनिबार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा रेसुंगा नगरपालिका-३ का बाबुराम पन्थी रहेका छन् । जिपचालक इस्मा गाउँपालिका–२ का डम्बर कुँवर गम्भीर घाइते भएका छन् । उनको तम्घास अस्पतालमा उपचार भइरहेको छ ।

जिप सडकबाट करिब २५० मिटर तल खसेको बताइएको छ । बुटवलबाट गुल्मी आउँदै गरेको बा११च ८८०३ नम्बरको जिप दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको गुल्मी प्रहरीले जनाएको छ । जिपमा दुईजनामात्र थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *