यता,चाहिँ मन्त्री मण्डलले सिल ठोक्ने हिम्मत गरेनन्

काठमाडौँ, असोज ७ । एकथरि डाटालाई अर्काेथरि डाटा बनाएर देखाउँदै सरकालाई झूठा विवरण पेस गर्नेहरुलाई छुटकारा दिइएको छ । भारतमा जम्मा ५३ वटा ग्याँस बुलेट सङ्ख्या भए पनि व्यापारीहरुले कमाउँधन्दा गर्न ५३ वटा बुलेट सङ्ख्यालाई बढाएर ७ सय ७५ को विवरण सरकारसमक्ष पेस गरे । र, उल्टै व्यवसायीहरुले भारतले अनुमति नदिएर ७ सय ७५ वटा ग्यास बुलेट नेपाल ल्याउन नसकेको भन्दै सरकारसँग करिब ५ अरब क्षतिको माग गरे ।

तर, व्यापारीहरुबाट झूठा विवरण आएको भन्दै आपूर्ति मन्त्री शिवकुमार मण्डल फायर त भए तर खास निचोड निकाल्न सकेनन् । उनले ‘सरकारले भारतमा व्यवसायीको ५३ वटा मात्रै ग्यास बुलेट रहेको तथ्याङ्क फेला पारेको हो । हामी त्यसको क्षतिपूर्ति कसरी दिन सक्छौँ ?’ भन्दै काला व्यापारीलाई तर्साउने काम गरे । यससँगै मन्त्री मण्डलले तत्काल भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायसँगको छलफल पछि नेपालका व्यवसायीहरुको भारतमा ७ सय ७५ नभई ५३ वटा मात्रै ग्याँस बुलेट रहेको रहस्य खुल्न आएको थियो ।

आपूर्ति मन्त्री मण्डलले ग्याँस व्यवसायीहरुले भारतमा सात सय ७५ वटा ग्याँस बुलेट थन्किएर बसेको भनेर राज्यलाई गलत रिर्पोट दिएको आरोप लगाउँदै यस्ता झूठा विवरण नदेखाउँन चेतावनी दिएका छन् ।

मन्त्री मण्डलले मन्त्रालयले सोधपुछको क्रममा ५३ वटा मात्रै ग्याँस बुलेट भारतमा थन्किएर बसेको भेटिएको उल्लेख गर्दै ७ सय ७५ वटा भनेर ग्याँस व्यवसायीहरुले राज्यलाई ठग्न खोजेको आरोप पनि लगाए । शुक्रवार काठमाडांैमा आयोजित कार्यक्रममा बोल्दै उनले ग्याँस बुलेटको सङ्ख्या एकिन गर्न व्यवसायीहरुलाई आग्रह गर्दै क्षति भए सरकार त्यसलाई पूर्ति गर्न तयार रहेको तर स्पष्ट डाटा देखाउनु पर्ने धारणा व्यक्त गरे । मन्त्री मण्डलले रातारात धनी बन्ने मनसायमा लागेका व्यवसायीहरुले राज्यसँग ठगी गर्ने प्रयास गरिरहेको आरोप समेत लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *