बुद्ध लामालाई केपी ओलीको बधाई

काठमाडौं, असोज ७ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आइडलका विजेता बुद्ध लामालाई बधाई दिनुभएको छ  ।

दर्शकले दिएको भोटका आधारमा बुद्ध लामा नेपाल आइडलको विजेता घोषित भएका हुन् । उनले साढे ४ करोड भोट प्राप्त गरेका थिए । केपी ओलीले ट्वीटरमार्फत बुद्ध लामालाई बधाई दिँदै लेख्नुभएको छ, ‘नेपाल आइडल बुद्ध लामालाई बधाई । उपाधि नजिते पनि प्रतिस्पर्धामा उत्कृष्ट हुनुभएका सबै हाम्रो आइडल हुनुहुन्छ । उज्ज्वल भविष्यको कामना ।’

नेपाल आइडल बुद्ध लामालाई बधाई । उपाधि नजिते पनि प्रतिस्पर्धामा उत्कृष्ट हुनुभएका सबै हाम्रो आइडल हुनुहुन्छ । उज्वल भविष्यको कामना ।

एसएमएस र नेपाल आइडलको एप्समार्फत गरिएको भोटिङमा सबैभन्दा धेरै भोट पाएर बुद्ध लामा प्रथम नेपाल आइडल बने । उनले ४ करोेड ४८ लाख ४५ हजार २ सय ६३ भोट पाए ।

निशान भट्टराई दोस्रो भए उनले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट पाए भने १ करोड ३२ लाख ५२ हजार ८ सय ४९ भोट पाएका प्रताप दास तेस्रो भए ।

नेपाल आइडलको आयोजक एपिवान एचडी टेलिभिजनले कतारमा भएको फाइनललाई प्रत्यक्ष प्रसारण भने गरेको थिएन । प्राविधिक कारणले फाइनल प्रसारण गर्न नसकेको एपि वान एचडी टेलिभिजनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *