यस्तो छ पुरुषका ११ गुण, जसले महिलालाई हुरुक्कै पार्छ

सेन्स अफ ह्युमर भएका र बुद्धिमान पुरुषलाई महिलाहरूले बढी महत्त्व दिन्छन् । सेन्स अफ ह्युमर भएका पुरुषहरू जीवनमा आए भने जिन्दगी रमाइलो हुने र हासिखेली जीवन बिताउन पाइने महिलाहरूको विश्वास हुन्छ ।

छोटो सम्बन्ध राख्न चाहने केटीहरू मात्रै पुरुषको गुड लुक्समा ध्यान दिन्छन् । दीर्घकालीन सम्बन्ध वा विवाह नै गर्ने अवस्थामा महिलाहरू पुरुषको गुड लुक्सलाई खासै महत्त्व दिदैनन् ।

कमलो हृदय भएको र परोपकारी काम गर्न तत्पर हुने पुरुषप्रति महिलाहरू निकै आकर्षित हुन्छन् ।

साहसिक काम गर्न रुचाउने, समस्यामा परेकाहरुलाई उद्धार गर्न तत्पर रहने पुरुषहरू महिलालाई निकै मन पर्छन् ।-मिलेको दाह्री र जुँगा भएका पुरुषसँग महिलाहरू हुरुक्कै हुने गर्छन् ।

महिलाहरू आफ्नो उमेरभन्दा केही बढी उमेरको पुरुषसँग वैवाहिक सम्बन्ध कामय गर्न चाहन्छन् । आफूभन्दा केही बढी उमेरका पुरुष भएमा उनीहरू धेरैजसो काममा अनुभवी भइसकेका हुन्छन् भन्ने महिलाको विश्वास हुन्छ ।

अरूको बारेमा चासो नराख्ने र अनावश्यक मूल्याङ्कन नगर्ने पुरुषलाई महिलाले रुचाउँछन् । कस्तो लुगा लगाएको, कति धेरै बोलेको जस्ता कुरामा कमेन्ट गर्ने पुरुषलाई महिलाहरूले निको मान्दैनन् ।

‘एस म्यान’ प्रवृत्तिका पुरुषलाई धेरैजसो महिलाले रुचाउँदैनन् । सजिलैसँग उपलब्ध नहुने, कहिलेकाही अटेरी गर्ने पुरुषको स्वभावले पनि महिलालाई आकर्षित नै गर्ने गर्छ ।

जनावरहरुसँग खेल्ने पुरुषलाई महिलाहरूले असल प्रेमीको रूपमा बुझेका हुन्छन् ।

थोरै भए पनि रातो रङ मिसिएको पोषाक मन पराउने पुरुषहरुप्रति महिलाहरू आकर्षित हुने गर्छन् ।

पुरुषको लुवाई खुवाई र व्यवहार सम्पन्न खालको देखिने पुरुष महिलाको विशेष रोजाईमा परेका हुन्छन् ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *