गायिका मेलिना राईको स्वरमा “तल्लाघरे साईला” बजारमा (भिडियोसहित)

काठमाडौं, असोज ६ । गायिका मेलिना राईको स्वरमा सजिएको “तल्लाघरे साईला” गीत को भिडियो सार्वजनिक भएको छ। “तल्लाघरे साईला” लामो समय सम्म संचार कर्ममा लागेका संचारकर्मी दीपेन्द्र घिमिरेको शब्दमा एस.डी योगीको उत्कृष्ट संगीत रहेको यस गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन।

रिकेश गुरुङ “किज” को एरेन्ज रहेको गीतको अडियो सुत्र इन्टरटेनमेन्टमा रेकर्ड गरिएको हो । अर्जुन तिवारीको छायाङ्कन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ भने सम्पादन सुप्रिम पराजुलीले गरेका हुन। भिडियोमा नायक गौरब पहारी सँगै बेबो आचार्य को अभिनय रहेको छ ।

दमदार, हिरो रिटर्न्स जस्ता चलचित्र निर्माण गरेका निर्माता चन्द्र गौतमले भिडियो निर्माण गरेका हुन। भिडियोका नायक गौरव पहारीले साईला पछी आएको आफ्नो यस् म्युजिक भिडियोले साईला जस्तै छाप छोड्ने विश्वाश ब्यक्त गरे भने यस भिडियो बाट डेब्यु गरेकी बेबो आचार्यले यस म्युजिक भिडियोबाट आफ्नो करीयर निकै माथि उकासिनेमा आफु बिस्वस्त रहेको बताईन् ।

बिगत एक दसक अगाडि देखी नेपाली संचार कर्ममा लागेका यस गीतका रचनाकार दीपेन्द्र घिमिरेले यस गीत सार्वजनीक भएपछी अझै गीत लेखेनको लागि उत्प्रेरणा थपेको बताए।
भिडियो हेर्नुहोस्..

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *