सामाजिक सेवा दिवसको पूर्वसन्ध्यामा समाजकल्याण मन्त्री कोइराला द्धारा प्रेस विज्ञप्ती जारी

काठमाडौं, असोज ६ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न हुने ३८ औं सामाजिक सेवा दिवसको पूर्वसन्ध्यामा माननीय महिला, बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले द्वारा प्रेस विज्ञप्ती जारी गर्नुभएको छ ।

यस्तो छ प्रेस विज्ञप्ती

समाजको सर्वाङ्गीण विकासको लागि सामाजिक, आर्थिक तथा सांस्कृतिकरुपमा पछि परेका वर्ग, समुदाय, जाति, लिङ्ग तथा भूगोलका जनसमुदायलाई सेवा पु¥याउने, आर्थिक एवं सामाजिक रूपमा सक्षम बनाउने र समाज सेवासँग सम्बन्धित विभिन्न क्रियाकलापलाई राज्यले निर्दिष्ट गरेको विकास निर्माण कार्यसँग सम्बद्ध गराउने उद्देश्यले समाज कल्याण परिषद्को २०३४ सालमा स्थापना भएको व्यहोरा सर्वविदितै छ । सामाजिक कल्याण र सेवाको उद्देश्य राखेर स्थापना भएपनि समाज कल्याण परिषद्ले हाल भने सामाजिक क्षेत्रमा कार्यरत सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समन्वय, सम्झौता, तिनका कार्यक्रमहरुको सुपरिवेक्षण, अनुगमन, मूल्याङ्कन र कार्यक्रमहरुको सहजिकरणको जिम्मेवारीसमेत बहन गर्दै आएको छ ।

सामाजिक सेवा क्षेत्रलाई थप प्रभावकारी बनाई लोककल्याणकारी राज्यको स्थापनाका पक्षमा समाज कल्याण परिषदको भूमिका सशक्त बनाउन परिषदले आफ्नो स्थापना दिवस असोज ६ गतेलाई राष्ट्रिय सामाजिक सेवा दिवशका रुपमा भव्यताका साथ मनाउँदै आएको छ । यसै सन्दर्भमा यस वर्ष समेत माननीय महिला वालवालिका तथा समाज कल्याण मन्त्री एवं समाज कल्याण परिषद्का अध्यक्ष श्री आशा कोईरालाज्यूको संयोजकत्वमा यो दिवसलाई भव्यतापूर्वक सम्पन्न गर्न ५१ सदस्य रहेको मूल समारोह समिति गठन गरिएको जानकारी गराउँछु ।

सामाजिक सेवा दिवसलाई भव्यतापूर्वक मनाउन मूल समारोह समितिले बिभिन्न उपसमितिहरुको निर्माण गरी तयारी गरिरहेको छ । यसका लागि परिषद्का उपाध्यक्ष श्री निलमणी वराल संयोजक रहेको १२ सदस्यिय कार्य संम्पादन समिति, सदस्य डा। कल्पना लुईटेल संयोजक भएको १३ सदस्यीय प्रचार प्रसार एवं प्रकाशन उपसमिति, कोषाध्यक्ष श्री वीर वहादुर ठगुन्ना संयोजक रहेको १२ सदस्यीय निमन्त्रणा वितरण तथा जलपान व्यवस्था उपसमिति, सदस्य श्री लक्ष्मी कोईराला संयोजक रहेको २१ सदस्यीय सरसफाई, प्रभातफेरि र द्धीप प्रज्वलन उपसमिति, सदस्य सचिव श्री डिल्लि प्रसाद भट्ट संयोजक भएको ८ सदस्यीय मञ्च व्यवस्थान उपसमिति र सदस्य श्री राकेश हमाल संयोजक रहेको ५ सदस्यीय पुरस्कार छनौट तथा सिफारिश उपसमिति गठन गरि यही असोज ४, ५ र ६ गतेसम्म सामाजिक सेवा दिवश भव्यरुपमा मनाउने तयारी गरिएको छ ।

३८ औ सामाजिक सेवा दिवश समारोह असोज ६ गते सम्माननीय राष्ट्रपति श्री विद्या देवी भण्डारीको प्रमुख अतित्थ्यमा सम्पन्न हुनेछ ।

विगतको परम्परालाई निरन्तरता दिँदै यस वर्ष समेत सामाजिक सेवा दिवसका दिन स्वर्गीय समाजसेवी तुल्सी मेहर श्रेष्ठज्यूको स्मरणमा स्थापित एक लाख नगद र प्रमाणपत्र भएको “तुल्सी मेहर समाज सेवा पुरस्कार” बाट एक सामाजिक संस्थालाई पुरस्कृत गरिनेछ । यसैगरी देशका विभिन्न भागमा समाज सेवाको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने विशिष्ट समाजसेवीहरुलाई पुरस्कृत गरिने छ ।

देशको समग्र सामाजिक, सांस्कृतिक र आर्थिक समृद्धि र रुपान्तरणमा सामाजिक सेवा दिवसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएका छौं । यस दिवसलाई भव्यतापूर्वक सम्पन्न गर्न आम सञ्चारकर्मी, सामाजिक संघसंस्था, सरकारी निकाय, नीजि क्षेत्रलगायत सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *