राैतहटकाे गढीमाई नगरपालिकामा कांग्रेस विजयी

राैतहट, असोज ६ । राैतहटको गढीमाई नगरपालिकामा नेपाली कांग्रेसले मेयर र उपमेयर दुबै पद जितेको छ ।

मेयरमा नेपाली कांग्रेसका उम्मेदवार श्याम यादव ५४५७ मतसहित विजयी हुनुभएको हो । उहाँले राजपा नेपालका मोहम्मद अब्दुल कलाम आजादलाई हराउनुभएको हो । आजादले ५०५६ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपमेयर पदमा विजयी नेपाली कांग्रेसकै उम्मेदवार सुभद्रा यादवले ५५४१ मत प्राप्त गर्नुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी राजपा नेपालकी उम्मेदवार पुनकली देवीले ३९३३ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 20 =