२७ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कांग्रेस अघि एमाले र माओबादी पछयाउदै

काठमाडौं, असोज ५ । प्रदेश नम्बर दुईमा सोमबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना अहिले पनि जारी छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार २७ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ।  १३६ स्थानीय तह मध्ये एउटा तह बाहेक सबै तहमा मतगणना जारी छ ।

अहिलेसम्म नेपाली कांग्रेस ९ स्थानीय तहमा विजयी भएको छ । नेकपा एमाले ४ तहमा विजयी भएको छ। नेकपा माओवादी केन्द्र ५, संघीय समाजवादी फोरम ३, लोकतान्त्रिक फोरम २ र राजपा ४ ठाउँमा विजयी भएका छन्। कांग्रेस औरही गाउँपालिका, धनुषा, जनकनन्दिनी गाउँपालिका धनुषा, नवराजपुर गाउँपालिका सिराहा, बिष्णुपुर गाउँपालिका सप्तरी, धनकौला गाउँपालिका, करैयामाइ गाउँपालिका बारा, परोहा नगरपालिका रौतहट, बेल्ही चपेना गाउँपालिका सप्तरी, रामनगर गाउँपालिका सर्लाहीको प्रमुख पदमा विजयी भएको छ ।

यसैगरि नेकपा एमालेले सप्तकोशी नगरपालिका सप्तरी, बटेश्वर गाउँपालिका धनुषा, मुखियापट्टी मुसहरनीया गाउँपालिका धनुषा र पटेर्वा सुगौली गाउँपालिका पर्साको प्रमुख पदमा विजयी भएको छ । नेकपा माओवादी केन्द्रले कर्जन्हा नगरपालिका सिराहा, अर्नामा गाउँपालिका सिराहा, ठोरी गाउँपालिका पर्सा, मोलापुर नगरपालिका रौतहट र औरही गाउँपालिका सिराहामा विजयी भएको छ ।
यसैगरि संघीय समाजवादी फोरम विष्णुपुर गाउँपालिका सिराहा, भगवानपुर गाउँपालिका सिराह, पर्सा गाउँपालिका सर्लाहीमा विजयी भएको छ ।

राजपा नेपालले हंशपुर नगरपालिका धनुषा, कौडेना गाउँपालिका सर्लाही, देवताल गाउपालिका बारा र डाकनेश्वरी नगरपालिका सप्तरीको प्रमुख पदमा विजयी भएको छ ।  लोकतान्त्रिक फोरम इशानाथ नगरपालिका रौतहट र बिष्णु गाउँपालिका सर्लाहीमा विजयी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eight =