शिक्षाबिना विकास असम्भव : रेनु दाहाल

असाेज ५, भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताएकी छन् । बुधवार सप्तगन्डकी बहुमुखी क्याम्पस, नारायणी नमुना माध्यमिक विद्यालय र नारायणी पोलिटेक्निक इन्स्टिच्यूटले भरतपुरमा आयोजना गरेको सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले शिक्षा क्षेत्रको विकास बिना मानव सभ्यता, संवृद्धिको कल्पना गर्न नसकिने बताइन् ।

मेयर दाहालले चितवनलाई शैक्षिक केन्द्रको रूपमा विकास गर्न प्रशस्त सम्भावनाहरू भएको बताउँदै यसका लागि महानगर लागि पर्ने बताइन् । शिक्षा सर्वसुलभ र आमनागरिकको पहुँचमा हुनुपर्ने बताउँदै मेयर दाहालले क्याप्पस र विद्यालयहरूलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । बृहद गुरूयोजनासहित एकीकृत सहरी विकास रिंडरोड, लिडंकरो निर्माण गरी गोलाधाट र गाइधाटलाई भरतपुरसँग जोडेर सम्वृद्धि हासिल गर्ने अभियान छिट्टै सुरु हुने पनि दाहालले बताइन् ।

कार्यक्रममा महानगरकी उपमेयर पार्वती शाह ठकुरीले सबैको सहयोग नै हराभरा र सुन्दर महानगर बन्ने बताउँदै सबैको सकारात्मक सोच र रचनात्मक सहयोग आवश्यक रहेको बताइन् । शाहले भनिन् ‘हामीलाई आफ्नो अमूल्य मत दिएर विजयी गराउनुभयो त्यो अमूल्य मतको सधैँ उच्च मूल्याङ्कन गर्दै महानगरको विकास र महानगरबासीको सहयोगमा खर्चिन्छु’ ।

कार्यक्रममा वडा न १० का वडा अध्यक्ष अरूणपीडित भन्डारीले आफू सबैको साझा जनप्रतिनिधिको रूपमा काम गर्ने बताए । सप्तगन्डकी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सप्तगन्डकीको तर्फबाट शिक्षाबिद् रमाकान्त सापकोटाले क्याम्पसका समस्यातथा प्रगतिका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा नारायणी नमुना माविका प्राचार्य पूर्णप्रसाद दवाडीले नारायणी नमुना मावि तथा नारायणी पोलिटेक्नकको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *