प्रतिनिधि र प्रदेश सभाको निर्वाचन अब कसैले रोक्न नसक्ने मन्त्री थापाको भनाइ

काठमाडौं, असोज २ । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताउनुभएको छ । पोखरा–लेखनाथ नगर होटल रेष्टुरेन्ट तथा बार एशोसिएशन ( सिटी रेवान) पोखराले गरेको महोत्सव तथा खाद्य मेलाको उद्घाटन गर्दै उहाँले दुई निर्वाचन सम्बन्धी कानून बनाएर निर्वाचन आयोगलाई दिइसकिएकाले निर्वाचन सुनिश्चित जस्तै भएको धारणा राख्नुभयो ।

मन्त्री थापाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि राष्ट्रपति, उप–राष्ट्रपति र राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन हुने भएकोले कानून मन्त्रालयले यिनीहरुको निर्वाचन सम्बन्धी कानून बनाउनेतिर ध्यान दिएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + ten =