​चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भए चिकित्सकले क्षतिपूर्ती तिनुपर्ने

असोज २, काठमाडौँ । चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको घटना बढेको भन्दै पछिल्लो समय जनस्तरबाट विरोध भइरहेका छन् । धेरै गुनासा आउन थालेपछि सोमबारको मन्त्रिपरिषद् बैठकले नयाँ कदम चालेको छ ।

मन्त्रिपरिषद बैठकले विधेयक नै बनाएर अघि बढाउने निर्णय गरेको छ । सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतका अनुसार चिकित्सकको लापरवाहीबाट बिरामीको मृत्यु भए चिकित्सकबाटै त्यसको क्षतिपूर्ती तिराउने गरी विधेयक अघि बढाउने सरकारले तयारी गरेको हो ।

मन्त्रिपरिषद बैठकबारे जानकारी दिँदै मन्त्री बस्नेतले विधेयक तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको जानकारी पनि दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =