नेपाल आइडलबिरुद्ध मुख खोल्दै विक्रमले

काठमाडौँ, भदौ ३१ । हाल एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘नेपाल आइडल’ विरुद्ध ०७० का नेपाल आइडल विजेताले ‘मुख खोल्दै छु ’ भनेपछि हंगामा मच्चिएको छ । २०७० सालमा सम्पन्न भएको नेपाल आईडल विजेता हुन, विक्रम राई । उनले हिजो शुक्रवार सामाजिक सञ्जाल फेसबुकमार्फत् ‘मुख खोल्दै छु……’ भनेपछि हल्लीखल्ली मच्चिएको हो ।

आयोजक रेडलाईट इन्टरटेन्मेन्टले ०६९ भदौ ७ गतेदेखि सञ्चालन गरेको तात्कालिन नेपाल आइडलबाट फ्यानको भोटिङबबाटै विजेता भएका विक्रमले हाल अन्तिम चरणमा पुगेको नेपाल आइडलतर्फ इंगित गर्दै स्टाटस लेखिएको भन्दै चौतर्फी टिका टिप्पणी सुरु हुन थालेको छ ।

उनको फेसबुक अकाउन्टमा विभिन्न कमेन्टहरु पनि लेखिएको देखिएको छ । कसैले ‘मुख खोल्न ढिलो भयो ’ भनेका छन् भने कसैले भरसक भोलि नै अदालत जान पनि सल्लाह दिएका छन् । नेपाल टेलिभिजनले प्रसारणमा ल्याएको तात्कालिन नेपाल आइडलमा हाल भइरहेको नेपाल आइडलजस्तै निकै कडा प्रतिस्पर्धा चलेको थियो । तर, यी दुई आइडलबीच यतिमात्र फरक हो, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको । अहिले भइरहेको चाहिँ इन्टर नेशनल नेपाल आइडल हो ।

किन मुख खोल्न आँटे विक्रमले

४ वर्ष अगाडि नेपाल आइडलको पहिलो आइडलको उपाधीसहति नगद एक लाख रुपैयाँ नगद हात पारिसकेका पूर्व नेपाल आइडल राईले नेपाल आइडल आयोजना संस्थाले प्रतिभाको उत्पादन गरेर संरक्षण गर्न नसकेको गुनासो गरेको हुन सक्ने लख काटिएको छ । तर, खास कारण भने उनले खुलाएका छैनन् भने कसै कसैले नेपाल आइडलको हाल भइरहेको प्रतियोगिता दोस्रो सिजन हुनुपर्ने मागहरू उठाएका छन् ।

२०७० सालमा सम्पन्न नेपाल आइडलको पहिलो सिजनमा निर्णायकहरु क्रमशः सङ्गीतकार ओम प्रकाश राई, अशोक राई, मीन सागर लामा लगायत रहेका थिए । त्यति बेला नेपाल आइडल पहिलो सिजनको फाईनल राउण्डमा पर्न सफल प्रतियोगितहरु अमित परियार धनकुटा (दोस्रो), कृष्ण खवास,मोरङ (तेस्रो), सचिन राई खोटाङ, (चौथो )तथा अस्मिता अधिकारी झापा (पाँचौ)रहेका थिए । उनीहरूलाई नेपाल आइडलकै ब्यानर दिएर प्रतिभाको कदर गरिएको थियो ।

यसअघि राष्ट्रिय स्तरका पहिलो नेपाल आइडल विक्रम राईलाई पनि हालको नेपाल आइडल आयोजकले पुरस्कार वितरणका क्रममा स्टेजमै बोलाएर मायाको चिनो दिने सम्मको सहमति भएको सहमति भएको थियो तर आइडलको अन्तिम स्पर्धा ग्राण्ड फिनालेको तिथि मित र समय आउँदा समेत विक्रमको उपाधीनै धरापमा पर्ने स्थिति आएसँगै उनी क्रुद्ध हुन पुगेका हुन सक्ने अनुमान लगाइएको छ । तत्कालीन नेपाल आइडलका आयोजक रेडलाईट इन्टरटेनमेन्टले एपीवानसँग गोप्य सहमति भइसकेको चाल पाएपछि विक्रम आक्रोशित मुडमा पुगेको बताइन्छ । यससँगै उनका फयानहरुले यसअघि नै मुख खोल्नुपर्ने भन्दै विक्रमलाई तत्काल कानुनी उपचार खोज्न सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nineteen =