उद्यमीशिल सहकारीको ५ औँ वार्षिक साधारण सभा सम्पन्न

“
धरान, भदौँ ३१ । उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लिई.को ५ औँ वार्षिक साधारण सभा धरानका कार्यकाहक प्रमुख अन्जु भण्डारीको प्रमुख आतिथ्यतामा धरान १० स्थित सैनिक भवनमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिति भण्डारीले संस्थाको कार्यक्षेत्र विकासका निम्ति मेहनत तथा इमानदार कर्मचारीहरूको साथको आवश्यता रहेको बताएका छन् । उनले देशको पहिलो मेरुदण्ड आर्थिक क्षेत्र रहेकाले लगानीका माध्यमबाट सहकारीहरुलाई साथ सहयोग गर्न आग्रह गरे । धरानलाई आर्थिक रूपमा सबल बनाउन धरान वरपर छरिएर रहेका विभिन्न पर्यटकीय क्षेत्रको पनि विकास गर्न जरुरी रहेको समेत उनले बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष डा. योगेन्द्र राईले वार्षिक प्रगति प्रतिवेदनका पेस गर्नुका साथै चालु आर्थिक वर्ष २०७३÷०७४ को लागि वार्षिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । त्यसै गरी संस्थाका लेखा सम्योजक प्रेरणा पराजुलीले आ.ब. २०७३÷०७४ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै गत आर्थिक वर्षमा शेयर पुजी ७९ लाख ५५ हजार, जगेडा कोष २१ ह्जार ४ सय ६६, अन्य कोष ९ हजार ७ सय ४७,बचत हिसाब ३ करोड ५४ लाख ९ हजार ८ सय ५९,ऋिण लिएको हिसाब २० लाख भुक्तानी दिनुपर्ने ९२ हजार ४ सय ९३ तथा अन्य १५ हजार गरी कुल सम्पति ४ करोड ५५ लाख ८४ हजार ५सय ६५ रहेको जानकारी दिए ।
साधारण सभामा संस्थाको विभिन्न कर्मचारी लाई सम्मान गर्नुका साथै जेष्ठ नागरिक,उतकृष्ट बचत कर्ता,असल तथा नियमित बचत कर्ता असल ऋिणी महिला,पुरुष, लाई सम्मान गर्नुका साथै असाहय तथा अनाथलाई सम्मान स्वरूप ४० कित्ता बराबरको सेयर समेत प्रदान गरिएको थियो । साथै संस्थाले यस वर्ष सेयरधनीहरुलाई १० प्रतिशत प्रतिफल दिने घोषणा समेत गरेको छ ।
५ औँ वार्षिक साधारण सभाध्यक्ष डा.राईलेले संस्थाको संस्थागत विकासमा जोड दिनु पर्ने विचार व्यक्त गर्दै संस्था व्यक्तिगत आधारमा नभई नीतिगत आधारमा सञ्चालन गर्नु पर्नेमा जोड दिए ।
“








