प्रदेश नम्बर २ को निर्वाचनका लागि मौन अवधि सुरु, यी काम गर्न पाइने छैन

काठमाडौँ, भदौ ३१ । असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि सुरु भएपछि प्रदेश २ मा शुक्रबार राति १२ बजेबाट प्रचारप्रसारको सबै खालका कार्य बन्द भएको गोरखापत्रमा खबर छ ।

मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेल राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सम्पूर्ण सञ्चारजगत् कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन पाइने छैन ।

आयोगका प्रवक्ता नवराज ढकालले ‘मौन अवधिमा मतदाताले शान्त मनले सोचेर कुन उम्मेदवारलाई मतदान गर्दा उचित हुन्छ भनेर सोच्ने समय हो, यो समयमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाइँदैन’ भने ।

निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा व्यवस्था भएअनुसार, मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने व्यवस्था छ । मौन अवधि सुरु हुनुअगाडि मतदान केन्द्रको तीन सय मिटरवरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 14 =