मेरिल्याण्डमा दसैँ कार्निभल हुने, एड्रिन प्रधानको ब्याण्डले प्रस्तुति दिने

भदाै ३०, काठमाडाै । बेलायतको १८० वर्ष पुरानो विश्वविद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा सञ्चालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजले यस वर्ष पनि दसैँ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

कलेजका बिबिएम अध्यनरत ३५० भन्दा बढी बिद्यार्थीहरुका लागि दसैँमा विशेष कार्यक्रम आयोजना गर्न लागेको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर विवेक दाहालले जानकारी दिए । दसैँ विशेष कार्यक्रममा नेपालका चर्चित गायक एड्रिन प्रधान सहितको ब्याण्डको विशेष प्रस्तुति रहने छ साथै कलेजका विद्यार्थीहरूको गायन तथा नृत्य , विभिन्न खेल र खानाका स्टलहरु राखिने कार्यक्रम रहेको कलेजले जनाएको छ ।

सबै उपस्थित विद्यार्थी तथा कलेजका सम्पूर्ण टिमले आफ्नो संस्कृति झल्किने पोशाक लगाएर इथिनिक डे मनाउने पनि कलेजको कार्यक्रम रहेको छ । नेपालीहरूको महान् चाड बडा दसैँको अवसरमा बिद्यार्थीहरुका लागि मनोरंजन साथै आफ्नो प्रतिभा देखाउने माध्यमको रूपमा कार्यक्रम हुन लागेको कलेजले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *