भोलिदेखि नारायणगढ मुग्लिन सडक चौबीसै घण्टा सञ्चालन हुने

काठमाडौं, भदौ २७ । नारायणगढ मुग्लिन सडकखण्ड भोलिदेखि चौबीसै घण्टा सञ्चालनहुने भएको छ । नेपालीहरुको महानपर्व दशैँ, तिहार र छठ पर्वलाई दक्षितगरि नारायणगढ–मुग्लिन सडकखण्ड भोलिदेखि चौबीसै घण्टा सञ्चालनहुने भएको हो ।

सडक विस्तारका क्रममा पहिरो खस्न थालेपछि गतअसार २५ गतेदेखि रातको समयमा सडक अवरुद्ध हुँदै आएको थियो । चाडपर्वलाइ ध्यानमा राखिचौबिसै घण्टा सडक सुचारु गर्ने निर्णय गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । सवारी साधनको चाप बढी हुने समयमा यात्रुवाहक सवारी साधानलाई पहिलो प्राथमिकता दिइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *