प्रियंकाले डाइरेक्टर रवीन्द्र गौतमलाई किन दिइन् यस्तो जवाफ

काठमाडौं, भदौ २७ । सोसल मिडियामा विभिन्न विषयमा चर्चामा आइरहने भारतीय नायिका प्रियंका चोपडा फेरि पनि चर्चामा आएकी छन् ।

कहिले प्रधानमन्त्रीसँग भेट गर्दाका ड्रेस होस् वा अन्य कुनै बहाना उनी चर्चामा आइरहन्छिन् । पछिल्लो समय उनी ‘कसौटी जिन्दगी की’ डाइरेक्टर रवीन्द्र गौतमले सोसल मिडियामा लेखे–मैले प्रियंका चोपडासँग आग्रह गर्छु कि उनी भारतका यस्ता गाउँ पुग्नुपर्छ, जहाँ कुपोषित बालकले खाना पर्खिरहेका छन् ।’

त्यसको केहीबेरपछि तत्कालै प्रियंकाले पनि जवाफ दिइन्–म पछिल्लो १२ वर्ष युनिसेफ इन्डियाका लागि काम गरेकी छु । यो कामको लागि म धेरै गाउँ पुगेकी छु । तिमीले के गरेका छौ ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *