सुन तस्करका नाईके गाउँपालिकाका अध्यक्ष

काठमाडौं, भदौ २७ । भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल भदौ २० मा एक्कासि विदामा बसे ।  उनी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै उपाध्यक्ष दाबुटी शेर्पालाई निमित्त जिम्मेवारी दिएर सम्मर्कविहीन भए ।

२० दिन विदा लिएरु बसेका पौडलेको मोवाईल अहिले स्विच अफ छ । पौडेल विदामा बसेर सम्पर्कविहीन भएको कारण बल्ल खुल्यो प्रहरीले बरामद गरेको १५ किलो सुन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भदौ १५ मा केरुङ र तातोपानी नाकाबाट भित्रिएको २२ किलोमध्ये १५ किलो सुनसहित ७ जना पक्राउ गरेको थियो  ।

पक्राउ परेकाहरुले सुन तस्करका नाईके पौडेल रहेको बयान दिएलगत्तै उनी विदामा बसेर सम्पर्कविहिन भए । पौडेल अहिले भारतमा रहेको ब्युरोको निष्कर्ष छ ।, आजकोनागरिकमा यो खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *