किरण र नङसल उत्कृष्ट खेलाडी, कान्छिमायालाई पिपुल्स च्वाइस अवार्ड

भाद्र २७, काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गरेको स्पोर्टस अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडी ब्याटमिन्टनकी नङसल तामाङ बन्दा पुरुष तर्फ फुटबलका किरण चेम्जोङले बाजि मारे । यस्तै एथलेटिक्सकी कान्छीमाया कोजुले पिपुल्स च्वाइस अवार्ड जितेकी छन् ।

राजधानीको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार लिम्बु वर्षका उत्कृष्ट खेलाडी घोषित भए । कात्तिकमा मलेसियामा नेपाललाई एएफसी सोलिडारिटी कपको उपाधि दिलाउन किरणको भूमिका महत्त्वपूर्ण रहेको थियो । उनले सेमिफाइनलमा दुईवटा वटा पेनाल्टी जोगाएका थिए । एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्ससँगको खेलमा उनले एक पेनाल्टी बचाएका थिए ।

यस्तै वर्षको उत्कृष्ट महिला खेलाडी ब्याटमिन्टनकी नङसला तामाङ बनिन । पछिल्लो पटक महिला ब्याटमिन्टनमा एकछत्र राज गर्दै आएकी नङसलले पाकिस्तानमा भएको अन्तर्राष्ट्रिय सिरीजमा मिक्स डबलमा नेपाललाई स्वर्ण दिलाएकी थिइन । नेपालकी नम्बर एक ब्याटमिन्टन महिला खेलाडी नङसलले सातौ राष्ट्रिय खेलकुदमा आफूले खेलका पाँच विधामा चारमा स्वर्ण जितेकी थिइन ।


एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा कुल ६६ हजार आठ सय ६४ भोट प्राप्त गर्दै कान्छिमायाले सो अवार्ड जितिन् । दोस्रो स्थानमा रहेका फुटबलका सुजल श्रेष्ठले १६ हजार ७८ भोट प्राप्त गरे भने आठ हजार सात सय ७४ भोट सहित क्रिकेटका दीपेन्द्र सिंह ऐरी तेस्रो भए । यस्तै जुडोकी मनिता श्रेष्ठ प्रधान युवा वर्ष खेलाडी भइन । लगातार दोस्रो वर्ष उत्कृष्ट युवा खेलाडीको मनोनयमा पर्न सफल मनिताले यस पटक अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै युवा वर्ष खेलाडी घोषित भएकी हुन् । अघिल्लो वर्ष १२ औँ दक्षिण एसियाली खेलकुदमा रजतपदक जितेकी उनी नेपाली जुडोकी प्रभावशाली खेलाडी हुन् ।

यस्तै खेलकुदमार्फत व्यक्तिको भाग्य र भविष्य परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल बन्दी सहायता नियोग यस पटक स्पेशल अवार्डबाट सम्मानित भएको छ । कैदी आमा बाबुका सन्तानको लालन पालन, संरक्षण र तीनलाई नै जुडो खेलाडीका रूपमा तयार पार्न आठ वर्षदेखि सक्रिय पामलाई नेपाल खेलकुद पत्रकार मञ्चले स्पेशल अवार्डबाट सम्मानित गरेको हो ।

यस्तै ब्लाइन्ड टि ट्वान्टी विश्व कप क्रिकेटमा आफूलाई उत्कृष्ट ब्याट्सम्यानका रूपमा साबित गरेको पदम बडेल वर्षको पारा एथलिट अवार्ड जित्न सफल भए । गत वर्ष भारतमा भएको ब्लाइन्ड टि ट्वान्टी विश्व कपमा पदमले न्युजिल्यान्ड विरुद्ध दोहोरो शतक बनाएका थिए । त्यसमा दोहोरो शतक बनाउने उनी एक्लो खेलाडी बनेका थिए । यस्तै एथलेटिक्स प्रशिक्षक पुष्पराज ओझा वर्षका उत्कृष्ट प्रशिक्षक भए । उनी रियो ओलम्पिकमा सरस्वती भट्टराई र हरिकुमार रिमालका प्रशिक्षक थिए । सो बेला सरस्वतीले रियोमा १५ सय मिटरमा २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी थिइन् । ओझाले सम्हालेको त्रिभुवन आर्मी क्लबले सातौँ राष्ट्रिय खेलकुदको एथलेटिक्समा सर्वा्धिक २२ स्वर्ण, १६ रजत र ८ कांस्यपदक पनि जितेको थियो ।

यस्तै टिम अफ दि इयरको उपाधि नेपाल भलिबल टिमले पायो । अवार्डसगै टिमले ५० हजार रुपैयाँ हात पार्यो । गल्फमा फरक फरक जिम्मेवारी निर्वाह गर्दै ६ दशक लामो यात्रा तय गरेका धनश्याम थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *