‘सिंगापुरको पहिलो महिला राष्ट्रपति’, राष्ट्रपतिमा हालिमाह मात्रै योग्य

सिंगापुर, भदौ २६ । सिंगापुरको राष्ट्रपतीय निर्वाचन आयोगले एकजना उम्मेदवार मात्रै योग्य भएको ठहर गरेको छ ।

निर्वाचन आयोगले सोमबार दिएको जानकारीअनुसार पुर्व सभामुख हालिमाह याकोबको उम्मेदवारीमात्रै राष्ट्रपतिका लागि योग्य देखिएकी हुन् ।

उनलाई निर्वाचन विभागमै योग्यताको प्रमाणपत्र दिइएको विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनको मात्रै उम्मेदवारी योग्य भएकाले अव उनलाई नै सिंगापुरको राष्ट्रपति घोषणा गरिने पनि आयोगले जनाएको छ ।

उनी सिंगापुरको आठौं राष्ट्रपति र पहिलो महिला राष्ट्रपति बन्ने छिन् । राष्ट्रपतिमा उम्मेदवारी दिने समय बुधबार दिउँसो सकिने छ ।

सिंगापुरको राष्ट्रपतीय निर्वाचन २०१७ का लागि उम्मेदवार हुन मालाई समुदायको हुनुपर्ने र उनीहरूले स्वीकृत गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

उम्मेदवारीका लागि पाँच जनाले निवेदन दिएका थिए । ती मध्ये तीन जनामात्रै मालाई समुदायका भएको घोषणा गरिएको थियो । तर, उम्मेदवारहरूको योग्यता मापन गर्दा याकोबमात्रै योग्य देखिएकी आयोग अधिकारीहरुले बताएका छन् ।

उनले आगामी बुधबार (सेप्टेम्बर १३) राष्ट्रपतिका रूपमा जिम्मेवारी सम्हाल्ने छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *