पायल्स रोगको परिचय र आयुर्वेदिक उपचारको प्रभावकारिता


पछिल्लो समय नेपालमा ‘पायल्स’ रोगीहरुको सङ्ख्या बढ्दो छ । मानिसको जीवनशैली र खानपानमा आएको बदलीका कारण यो रोग निम्तिएको हो । बिशेषगरी खानपिनमा ध्यान नदिँदा पायल्स रोग लाग्दछ । पिरो, अमिलो, चिल्लो जस्ता खानेकरा ज्यादा खाने मानिसलाई ‘पायल्स’ रोग लाग्ने सम्भावना अत्याधिक हुन्छ ।

लामो समयसम्म क्रोनिक्रस्टिभेसन भयो भने ‘पायल्स’ हुने गर्छ । दिसामा रगत जाने, मलद्वारमा मासु पलाउने र दिसा गर्दा गाह्रो हुनु नै ‘पायल्स’ रोगको मुख्य लक्षण हो । ‘पायल्स’ अहिले बच्चादेखि वृद्धसम्मका सबै उमेर समूहलाई लाग्ने गर्दछ । यसमा पनि विशेष गरी महिला तथा गर्भवती महिलालाई यो रोग लाग्ने सम्भावना अत्याधिक छ । गर्भवती समयमा महिलाले चिल्लो, अमिलो पिरो खानेकुरा ज्यादा खाने भएकोले उनीहरूलाई ‘पायल्स’ हुने सम्भावना अधिक हुन्छ ।

नेपाली समाजको मुख्य चुनौती के छ भने–हामी रोग लागेपछि त्यसलाई लुकाउँछौं । अझ महिलाहरुमा यो समस्या छ । त्यसमाथि गुप्त रोग लागेका महिलाहरू लाजका कारण आफूलाई लागेको रोग कसैलाई भन्नुहुन्न । अधिकांश महिलाहरू पायल्स, फिस्टुला जस्ता रोगहरुको सिकार भए पनि लाज र डरका कारण खुल्न सक्नुहुन्न । हामी कहाँ आउने अधिकांश महिलाहरू चिकित्सकसँग समेत यो रोगका बारेमा खुलेर कुरा गर्नुहुन्न । यस कारणपनि नेपालमा ‘पायल्स’ रोगीको सङ्ख्या दिनानुदिन बढ्दो छ । ‘पायल्स’ रोग महिलाका तुलनामा पुरुषमा कम छ । पानी कम पिउने, शरीरलाई अपच हुने खानेकुरा ज्यादा खाने गर्नाले यो रोगको सिकार हुनु परेको छ ।

भनिन्छ रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हो । ‘पायल्स’ रोग लाग्न नदिनका लागि दैनिक खानपान परिवर्तन गर्नुपर्छ । खानपान परिवर्तन गर्न नसक्दा कब्जियत हुने गर्छ । कब्जियत हुनेहरुलाई ‘पायल्स’ हुने सम्भावना धेरै छ । स्वस्थ र राम्रो खानपान भएमा धेरै रोग निर्मुल गर्न सकिन्छ ।

‘पायल्स’ रोग निदानका लागि अहिले बजारमा दुई खाले औषधिहरु पाइन्छन् । एल्लोपेथिक र आयुर्वेदिक ।

यी मध्ये एल्लोपेथिक उपचार पद्धति खर्चिलो तथा त्यत्ति प्रभावकारी छैन । हामी रोग लागि सकेपछि तत्काल निको होस् भन्ने मान्यता राख्छौं । आयुर्वेदिक पद्धतिमा उपचार गर्दा रोग निदान केही ढिलो हुने भए पनि प्रभावकारी र दिगो हुन्छ ।
‘पायल्स’ रोग निर्मुल गर्न सबैभन्दा राम्रो उपचार भनेको आयुर्वेदिक उपचार पद्धति नै हो । यो पद्धतिबाट पुरानोभन्दा पुरानो ‘पायल्स’ समेत निको भएका प्रशस्त उदाहरण छन् । बाहिर यदाकदा सुनिन्छ आयुर्वेदिक उपचार प्रक्रिया झन्झटिलो र महँगो छ । तर, बिल्कुलै गलत सूचना सम्प्रेषण भएको छ । ‘पायल्स’ रोग सामान्यतयः १५ हजार देखि २० हजार सम्ममा उपचार हुन्छ । क्षार सूत्रबाट ‘पायल्स’ रोगको उपचार गर्दा कुनै अप्रेसन गर्नु पर्दैन । अस्पतालमा भर्ना हुनु पर्दैन । यसले बिरामीको समय र पैसाको बचत हुन्छ ।

हामीसँग पायल्स, फिस्टुला रोगबाट संक्रमित भई कम समयमै प्रभावकारी उपचार पाएर निरोगी बनेका बिरामीको सङ्ख्या अनगिन्ती छ । कसैलाई पायल्स र पिस्टुलाको रोग छ भने हामी माझ आएर परामर्श लिन सक्नुहुनेछ । हामीले कुनै वाहियात कुरा गरेर बिरामीहरुलाई आकर्षित गर्दैनौं ।

आज विश्व आयुर्वेदिक पद्धतिमा रूपान्तरण भएको छ । हामीले हाम्रै वरपर भएका जडिबुटीहरु फाँडेर फालेका छौँ । त्यसको उपयोगिता कति छ जानेका छैनौँ र रोगको सिकार हुन पुगेका छौँ । कुनै पनि रोगको दीर्घकालीन र कुनै साइड इफेक्ट बिनाको उपचार गर्ने हो भने, त्यो आयुर्वेदिक उपचार पद्धति नै उत्कृष्ठ पद्धति हो ।
साउद अनमोल आर्युवेदिक सेवा केन्द्रका प्रमुख हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *